अर्थ-वाणिज्य

मुलुक इतिहास कै डरलाग्दो आर्थिक संकटमा , नीजि क्षेत्रको घाँटी निमुठ्ने काम भयो : पूर्व अर्थमन्त्री पौडेल




बुटवल ५ कार्तिक । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डर लाग्दो आर्थिक संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको उनले बताए । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको उल्लेख गरे ।मुलुकको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउँदै उनले सरकारबाटै नीजि क्षेत्रको घाँटी निमुठ्ने काम भएको टिप्पणी गरे । नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी तथा व्यवसायी भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको गुनासो गरे ।
मुलुकमा चरम मूल्यवृद्धि भएको टिप्पणी गर्दै उनले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशतमा पुगेर दोब्बर वृद्धि भएको उल्लेख गरे । अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको उनले बताए ।यसैगरी एमाले पोलिट व्युरो सदस्य तथा रुन्देही क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार लिला गिरीले नीजि क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आश्यक रहेको औल्याए । यसैगरी रुपन्देही–२ ‘ख’ का एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठले यहाँका उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि एमाले सकारात्मक भएको बताए ।
फोटो ः विष्णु पौडेल
शशस्त्र दुर्घटनामा ४ जनाले ज्यान गुमाए
कपिलवस्तु ५ कार्तिक । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक गएराती दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते थप २ सशस्त्र प्रहरीको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुुका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिनुभयो ।दुर्घटनामा गम्भीर घाइते सशस्त्र प्रहरी जनक चौधरी र रमेश चौधरीको भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उपरिक्षक घलेले पुष्टि गर्नुभयो । साईकल यात्री जिल्ला कपिलवस्तु बाणगंगा न.पा.–३ बस्ने बर्ष २६ को अमर संग्रामी मगरको उपचारको क्रममा सामुदायिक अस्पताल ४ नं.,सशस्त्र प्रहरी सहायक हवल्दार रमेश चौधरीको उपचारको क्रममा सामुदायिक अस्पताल ४ , सशस्त्र प्रहरी जवान जनक चौधरी को भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो
यस्तै सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी उपचारको क्रममा भैरहवा मेडिकल कलेज मृत्यु भएको छ ।यो संगै मृतकको संख्या ४ पुगेको छ भने घाइते ३ जनाको उपचार भैरहेको छ । दुर्घटनामा गम्भिर घाईते भएका गोबिन्द सुबेदी प्रेम मल्ल र कुल बहादुर घर्तीको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको छ ।गएराती कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंम्वर ३ सिउटीमा सशस्त्र प्रहरी सवार ना १ ग ५५४ नंम्वरको ट्रक अनियन्त्रित हुँदै दुर्घटनामा परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । स्थानीयबासीले भने सशस्त्र प्रहरी सवार ट्रकको तीव्र गति र लापरबाहीको कारण दुर्घटना भएको आरोप लगाएका छन् ।
फोटो ः खोजेर
नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता
दाङ ५ कार्तिक । दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् ।बेपत्ता हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भइ दंगीशरण वडा नम्बर २ मा रहेको मामा घर आएकी अन्दाजी १५ वर्षीया गोमा चन्द रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बेपत्ता भएका किशोरीहरु सँगै नुहाउन गएकी त्यसै ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, इलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।
फोटो ः
हात्तीको आक्रमणबाट एकको मृत्यु
बर्दिया ५ कार्तिक । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बारबर्दिया नगरपालिका—७ मा शनिबार बिहान हात्तीको आक्रमणमा परी एक जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गको ठेली खोला नजिक रम्मापुरका करिब ५०÷५५ का सोलिराम चौधरीलाई आक्रमण गरी मारेको सशस्त्र प्रहरी बलले जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रातःभ्रमण निस्केका का उनलाई हात्तीले एक्कासि आक्रमण गरी मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढा मगरले जनाए ।

पहिलो पेज
यसपालीको चुनाव जितहारको बिषय होइन ः बलदेव
भगवती न्यौपाने
कपिलवस्तु ५ कार्तिक । आगामी मंसिर ४ गतेको निर्वाचनको लागि माओवादीको तर्फबाट गठबन्धनका प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले चुनाव सिट जित्नका लागि मात्रै नभर लोकतन्त्र र सविधानको रक्षा गर्न गठबन्धनको सरकारको आवश्यक रहेको बताउनु भयो । संविधानको रक्षा गर्दै बनेको गठबन्धनलाई कसैले हराउन नसक्ने दावी गर्दै अगाडि सारेका विकासका योजनालाई पुर्ण रुपमा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो । वडा नम्बर ८ बोड्गाउमा चुनाब प्रचार पसार समितिको सम्पर्क कार्यलयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले यस्तो बताउनु भएको हो । यता कपिलवस्तु क्षेत्र नम्बर १ क प्रदेश सभा सदस्य उम्मेदवार, डोलकराम घिमिरले देशमा बढ्दै गएको भष्ट्चार, लागुपर्दाथलाई रोक्न पहल गर्ने बताउनु भयो ।जनताको रक्षा गर्दै आर्थिक,समृद्ध र विकासलाई जोड दिर्नु पर्ने घिमिरेले बताउनु भयो । नेपाली काग्रेस पुर्व केन्द्रीय सदस्य तथा गठबन्धन प्रचार पसार जिल्ला संयोजक अतर कुमाल मुसलवानले देशमा भएको उपलब्ध स्रोत र साधनको सहि प्रयोग गर्दै विकासलाई अगाडि बढाउने बताउनु भएको छ । राष्ट्रिय जनमोर्चा नगर अध्यक्ष डबल सिंह जिसि ,नेकपा समाजवादि जिल्ला उपाध्यक्ष गिता अन्जानले समाज रुपान्तरण गर्न गठबन्धन बनेको बताउदै गठबन्धनको जित निश्चित भएको दावि गर्नु भयो । गठबन्धनका चुनाब प्रचार प्रसार नगर संयोजक विष्णु थापाले राष्ट्रको आवश्यकताका लागि गठबन्धन आवश्यक परेको उल्लेख गदैै गठबन्धलाई जिताउन सबै नेता कार्यकतालाई आग्रह गर्नु भयो । उक्त कार्यक्रममा माओवादि केन्द्र केन्द्रीय सदस्य जितबाहादुर चौधरि, गठबन्धनका केन्द,्र जिल्ला, नगर, वडा हुदै, टोलका नेता तथा कार्यक्रताको बाक्लो उपस्थिति रहेको थियो । वडा नम्बर ८ का संयोजक जगन्नाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस वडा नम्बर ८का सचिव राजु अधिकारीले गर्नु भएको थियो ।
फोटो ः प्रेसपाटी
बुद्धभूमीलाई प्यूठानसंग जोड्ने बृजेशको संकल्प
कपिलवस्तु ५ कार्तिक । बुद्धभूमिको बिकट मानिदै आएको वडा नम्बर ३ को टाँकु बोक्टापुर सम्मको सडक पहिलो पटक कालोपत्रे बनाउने योजना पारेका निवर्तमान साँसद वृजेश कुमार गुप्ताले त्यो सडकलाई प्युठान सम्म पुराउने बताउनु भएको । अर्घाखाँचीको दक्षिणी पश्चिमी भेग हुँदैै प्युठान सम्म जोडने महत्वपुर्ण सडकको रुपमा अगाडी लैजाने बताउनु भयो । उहाँले सो सडकको एक पटक अध्ययन समेत भएकोले अव निर्माणको चरणमा प्रवेश गराउने संकल्प गर्नु भएको थियो ।
उहाँले त्यही खण्डमा पर्ने मसुरेमा मोटरेबल पुल निर्माणको कामको समेत थालनी भएको बताउनु भयो । रनगाई, टाँकु बोक्टापुरलाई दुर्गम भन्थे आफु जितेर गए पछि दुर्गमबाट सुगम बनाएको गुप्ताले बताउनु भयो । एमाले कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. २ बाट उम्मेदवारी दिनु भएका गुप्ता पेसाले इन्जिनीयर समेत हुनु हुन्छ ।उहाले वडा नम्बर ३ मा ३ घन्चौरा, रनगाई र टाँकुबोक्टापुरमा खानेपानीको ओभरहेड टयांकीको योजना संचालनमा रहेको बताउनु भयो । घरदैलोको क्रमा प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने (भुपाल)ले ३ नम्बर वडाको हिले सडक सामाजिक सञ्जाल समेत भाइरल भएको बताउँदै एमालेलाई जिताएको कारणले त्यस्ता समस्या समाधान भएको बताउनु भयो ।
फोटोः
मतदाता भन्छन् ‘एमालेका उम्मेद्वार विकास प्रेमी’
हरि आचार्य
कपिलवस्तु ५ कात्तिक । नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ का उम्मेद्वारहरुलाई विकास प्रेमी नेता भन्दै मतदाताले घरघरमा स्वागत गरेका छन् । प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारी, क्षेत्र नं. १ (क) प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थी र प्रदेश सभा (ख) का उम्मेद्वार मधुसुदन शरण चौधरी लगायतका तीनै जना उम्मेद्वारहरुलाई मतदाताले स्वागत गरेका हुन् ।
सोहि क्रममा विभिन्न स्थानमा मतदाता भेटघाट तथा पार्टीका सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नं. ८ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ भने कपिलवस्तु नगरपालिका पचेहरामा पनि पार्टीका सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी र प्रदेश सांसद पदका उम्मेद्वार बिष्णु पन्थीले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो भने कपिलवस्तु नगरपालिका वडा नं. ९ का बन्डौली, निग्लिहवा, श्रीनगर, चम्किपुर लगायतका विभिन्न स्थानका मतदाता भेटघाट गर्नुभएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारीे र प्रदेश सांसद पदका उम्मेद्पार पन्थीले नदी किनारको खेतीयोग्य जमिन र वस्ती जोगाउनका लागि बाणगंगा नदीमा तटबन्धन गर्ने बताउनुभयको छ । क्षेत्र नंं.१ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि आफ्नो क्षेत्रका मतदाता तथा अगुवा कार्यकताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ ।
फोटो ः ३ सांसद उम्मेदवार
कपिलवस्तु १ मा अनटेष्ट नेता रोजौ ः रायमाझी
कपिलवस्तु ५ कार्तिक ।प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिए संगै कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदाता भेटघाट तथा विभिन्न निर्वाचन परिचालन समितिका कार्यालयलाई उद्घाटन गर्ने कार्यलाई बढाइरहेको छ ।यसै बिच जिल्लाको प्रतिनिधिसभा १ को प्रदेशसभा ख को लागी लबनि चोकमा निर्वाचन परिचालन कार्यलयको उद्घाटन गरीएको छ । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य रायमाझीले फरक फरक विचार र सिद्धान्त भएका पार्टीद्धारा गठबन्धन गर्नुले सत्तामा पुग्ने दाउ खोजिरहेको बुझ्न सकिने बताउनु भएको थियो । त्यस्तै कार्यक्रममा बोल्दै प्रदेशसभा ख का उम्मेद्वार रोशन शाहले आफ्नो क्षेत्रका नागरीक मात्र नभएर कपिलवस्तु र सिङ्गो देशका नागरिक अरु दलबाट दिक्क भएको बताउँदै अहिले देशैभरिबाट राप्रपाका उम्मेद्वार विजयी हुने बताउनु भयो ।
फोटो ः राप्रपा कार्यलय उद्घाटन

उम्मेदरवारले मागे शिक्षकसंग सामुहिक मत
कपिलवस्तु ५ कार्तिक । नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुको जिल्ला परिषद तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । सिद्धार्थ क्यामपसको सभाहलमा सम्पन्न कार्यक्रममा शैक्षिक बर्षमा सम्पन्न गरिएका क्रियाकलाप, शैक्षिक बर्ष २०७८÷७९ को आर्थिक प्रतिवेदन, सांगठनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत तथा पारित गरिएको थियो भने आगामी कार्ययोजनाको बारेमा पनि छलफल तथा अन्तरक्रिया गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्व शिक्षक प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले पार्टीलाई मजबुत र बलियो बनाउनका लागि शिक्षक संगठनको अहम भुमिका रहेको बताउनुभयो । त्यस्तै प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थीले शिक्षकहरु समाजका पथप्रदर्शक भएकाले उन्नत समाज निर्माणमा अहम भुमिका रहेको बताउनुभयो ।
कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, जिल्ला अध्यक्ष डम्मर शर्मा, उपाध्यक्ष विश्राम प्रसाद थारु, बाणगंगाका मेयर चक्रपाणि अर्याल, एमाले नेता बाबुराम खनालको आतिथ्यता, पार्टीका नेता कार्यकर्ता त्यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका पदाधिकारी सदस्यरु र जिल्लाका १० वटै पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।संगठन जिल्ला कमिटी अध्यक्ष टिकाराम पौडेलको अध्यक्षता, उपाध्यक्ष प्रकाश अधिकारीको स्वागत मन्तब्य र जिल्ला सचिव सचिव टिकाराम घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको संगठन बाणगंगा नगर कमिटी अध्यक्ष धनु गाहाले जानकारी दिनुभएको छ ।
फोटो ः फेसबुक अनलाइन

प्रकाशित : ६ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६