कपिलवस्तु ५ कार्तिक । बुद्धभूमिको बिकट मानिदै आएको वडा नम्बर ३ को टाँकु बोक्टापुर सम्मको सडक पहिलो पटक कालोपत्रे बनाउने योजना पारेका निवर्तमान साँसद वृजेश कुमार गुप्ताले त्यो सडकलाई प्युठान सम्म पुराउने बताउनु भएको । अर्घाखाँचीको दक्षिणी पश्चिमी भेग हुँदैै प्युठान सम्म जोडने महत्वपुर्ण सडकको रुपमा अगाडी लैजाने बताउनु भयो । उहाँले सो सडकको एक पटक अध्ययन समेत भएकोले अव निर्माणको चरणमा प्रवेश गराउने संकल्प गर्नु भएको थियो ।उहाँले त्यही खण्डमा पर्ने मसुरेमा मोटरेबल पुल निर्माणको कामको समेत थालनी भएको बताउनु भयो । रनगाई, टाँकु बोक्टापुरलाई दुर्गम भन्थे आफु जितेर गए पछि दुर्गमबाट सुगम बनाएको गुप्ताले बताउनु भयो ।
एमाले कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नं. २ बाट उम्मेदवारी दिनु भएका गुप्ता पेसाले इन्जिनीयर समेत हुनु हुन्छ ।उहाले वडा नम्बर ३ मा ३ घन्चौरा, रनगाई र टाँकुबोक्टापुरमा खानेपानीको ओभरहेड टयांकीको योजना संचालनमा रहेको बताउनु भयो । घरदैलोको क्रमा प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने (भुपाल)ले ३ नम्बर वडाको हिले सडक सामाजिक सञ्जाल समेत भाइरल भएको बताउँदै एमालेलाई जिताएको कारणले त्यस्ता समस्या समाधान भएको बताउनु भयो ।
प्रतिक्रिया