कपिलवस्तु, ०६ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा कपिलवस्तु क्षेत्र नम्बर १ का उम्मेद्वार धुर्व रायमाझिले आगामी निर्वाचन तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको तनाशाहबाट मुलुकलाई निकाल्ने अवसर भएको बताएका छन् ।
मंसिर ४ गते हुने निर्वाचन केवल आवधिक निर्वाचन मात्रै नभएको भन्दै यस्तो बताएका हुन् । शनिबार लवनीमा कपिलवस्तु क्षेत्र नम्बर (ख) को चुनावको प्रचार प्रसार कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, मंसिर ४ को निर्वाचन केवल आवधिक निर्वाचन मात्र होईन् । यो निर्वाचन तीन दशकदेखिको सीमित राजनीतिक दलहरूको तनासाह प्रविती बाट मुलुकलाई निकाल्ने अवसर हो । मत सदुपयोग हुने गरी मतदान गर्न उनले आह्वान समेत गरे । उनले राप्रपा नेपाली कांग्रेस स्थापक नेता बिपि कोईरालाको बिचार र राजा महेन्द्रको विकासको मोडल लिएर हिडेको बताए । साथै सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३४ जना पार्टिको सदस्यता लिई राप्रपामा प्रबेश गरेका छन् । कार्यालय उद्घाटन कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर १ (ख) का उम्मेदवार रोशन शाह, प्रदेश (ख) का निर्वाचन परिचालन समितिका देवेन्द्र किरण श्रीवास्तव, राप्रपाका जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, राजेन्द्र विक्रम शाह, सुर्य कुमार गुरुङ, बिजय कुमार पाण्डे लगायतको उसस्थिती रहेको थियो ।
६ कार्तिक २०७९, आइतबार








प्रतिक्रिया