डिलाराम भुसाल
कपिलवस्तु , ६ कार्तिक ।
चाँडपर्वलाई लक्षित गरि कपिलवस्तुका मुख्य बजार क्षेत्र संगै ग्रामिण भेगमा कालोबजारी मौलाएको छ । अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सिर्जना भइसकेको छ । उपभोग्य वस्तुहरुको मुल्य आकाशिएको छ । चर्को मुल्य र कालोबजारीका कारण उपभोक्ताहरु मारमा परेका छन् । मुल्य बृद्धि र कालोबजारी नियन्त्रणका लागि सरोकारवाला निकायले कुनै कदम नचाल्दा यसमा संलग्न ब्यापारीहरु मालामाल भएका हुन् । दसैको बेलामा बजार अनुगमन भएपनि तिहार नजीकदै जांदा अनुगमन ले निरन्तरता पाउन नसक्दा कालो बजारी ग्रर्नैहरु मौलाएका छन् ।
कपिलबस्तुमा बर्षमा एक पटक चाडपर्वका बेला मात्र हुने बजार अनुगमनले यसलाई निस्तेज पार्न सकेको छैन । “एक पटक अनुगमन गरयो, गल्ती सच्याउछौ भन्यो फेरी बर्ष भरीलाई कालोबजारी गर्ने छुट” भएको नागरीक समाजका अध्यक्ष दोलक बहादुर पछाई बताउछन् । मुल्यसूची राख्न सरकारले दिएको निर्देशन यहाँका ब्यापारीहरले पालना नगरेको पछाईको दाबी छ । ८ बर्ष अघि दैनिक उपभोग्य बस्तुहरुको मुल्य ब्यापारीहरुले आफनो पसलमा राख्नु पर्ने सरकारले निर्देशन दिए पनि कसैले पनि त्यसलाई टेरेको पाईदैन । प्रभावकारी अनुभव र कडाई नगरिदा ब्यापारीहरुलाई मनपरी ढंगले कारोवार गर्न छुट मिलेको वाणगंगां ७ की गिता बन्जाडेको भनाई रहेको छ । दाल, चिनी, तेल मसला लगायतका दैनिक उपभोग्य बस्तुहरु ब्यपारीहरले निर्धारण गरेका मुल्यमा किन्न बाध्य छन् । खुलेआम कालोबजारी गर्ने व्यापारीहरुलाई स्थानी प्रशासन लगायत कसैले पनि कारवाहीको दायरामा ल्याउन नसकेको तौलीहकी स्थानिय बासि बिमला पौडेलको भनाई छ । ‘ पसल पिच्छे सामानहरुको फरक मुल्य छ, जसले गर्दा आम उपचभोक्ताहरु अन्यौलमा पर्छन् । ’ पौडेल ले बताईन् ।
यता जिल्लाका मुख्य व्यापारिक क्षेत्र चन्द्रौटामा मा पसलै पिच्छे हरेक वस्तुमा मुल्य फरक हुनुले पनि समस्या निम्त्याएको शिवराज नगरपालिका चौन्दौटाका समाज सेबी बिष्नु खतिवाडा बताउछन् । ‘ प्रभावकारी अनुगमन हुदैन, त्यसैले ब्यापारीहरु निर्धक्क संग ठगी कारोवार गरीरहेका छन् । ’ उनले भने । मुल्य सुची राख्न लगाउने बिषयमा प्रशासनले कुनै कदम चालेको पाईदैन । ब्यापारीहरुले समेट अटेर गर्दै आएका छन् । कालोबजारी र मुल्यबृद्धिले गर्दा उपभोक्ताहरु भारतीय बजार तर्फ आकर्षित भएका छन् भने राज्यलाई राजस्व समेत घाटालागेको छ । उपभोक्ताहरु भारतीय बजारहरु खुनुवा, शोहरतगढ, कृष्णनगरबढनी, बर्डपुर लगातय किनमेलका लागि जाने क्रम बढेको छ । त्यँहा पनि भारतीय सुरक्षाकर्मीले सताउने गरेको उभोक्ताहरु गुनासो गर्छन् ।
उद्योग ब्यपार संघ कपिलबस्तुका अध्यक्ष होम नाथ पौडेल ले कालोबजारी रोक्नका लागि सहयोग गर्न आफहरु तयार रहेको प्रतिबद्धता जाहेर गरेका छन् । ‘ स्थानिय तह र प्रशासन काार्यलयसंग सहकार्य गर्न तयार छौ । ’ उनले बताए । दैनिक उपभोग्य बस्तुहरुको मुल्य दिनै पिच्छे फरक हुने भएकाले मुल्य सुची राख्ने कार्य अब्यवाहारिक भएको पौडेको को भनाई छ ।
संयुक्त बजार अनुगमन समितिले बजार अनुगमन गर्दा मुल्य सुची, कालोबजारी लगातयमा गंम्भीर देखिएको पाई दैन ।








प्रतिक्रिया