प्रदेश

बाणगङ्गा सामुदायिक पुस्तकालयले मनायो १ सय १४औं लक्ष्मी जयन्ती




कपिलवस्तु, ०७ कार्तिक ।
महाकवी लक्ष्मी प्रसाद देवकोटाको १सय १४औं जन्मजयन्ती मनाईएको छ । सोमवार बाणगङ्गा सामुदायिक पुस्तकालयको आयोजनामा देवकोटाको जन्मजयन्ती मनाईएको हो । साहित्य विधाका महाकवी लक्ष्मी प्रसाद देवकोटाको बाणगंगा पुस्तकालय परिसरमै दिप प्रज्वलन, टीका तथा माल्यार्पण गर्दै विभिन्न रचना वाचन गरि जन्मोत्सव मनाइएको छ।

कार्यक्रममा वरिष्ठ कबि ॠषिकेशब भारद्वाज, दोलख बहादुर पछाइ, अनन्त राज रेग्मी, धर्मराज घिमिरे, चतुर्भुज पान्डे, देबि बहादुर पोख्रेल, पुस्तकालय व्यवस्थापक चित्रा भणडारि, बाल श्रस्टा ॠदेश कणेल लगायतले महाकवि देवकोटाको संक्षिप्त परिचयका साथै रचना बाचन गर्नु भएको थियो । कार्यक्रमको अवसमा शुभ दिपावलीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष दिलिप कार्कीको अध्यक्षता, नव सर्जक साहित्य चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक बाल कवि जोशिका कंणेल (निशा) प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव बुद्दिशागर बेल्बासेले गर्नु भएको थियो । कार्यक्रममा करिब ५० जना साहित्यकारको उपस्थिती रहेको थियो ।

प्रकाशित : ७ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६