कपिलवस्तु ७ कार्तिक । एमालेवाट कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले एमाले जसपा र राप्रपा बीच केहि जिल्लामा भएको सहकार्यले ओली नेतृत्वमा सरकार बन्न सहज हुने वताउनु भएको छ । उहाले निर्वाचन परिचालन कमिटी क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय उदघाटन गर्दै हरेक नागरीकको हित चाहने पार्टी एमाले रहेको भन्दै सबै नागरीकको जीवन शैलीमा परिर्वन ल्याउन एमालले पार्टीले जित्नु पर्ने बताउनु भयो ।मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषिको विकास र रोजगारी समग्र विकासको आधार एमाले भएको भन्दै एमालेप्रति जनलहर भएको बताउनुभयो ।
कपिलवस्तु क्षेत्र न ३(१) का उम्मेदवार अर्जुन कुमार के सी ले एमाले पार्टी युवाहरुको जोश र पाका पुस्ताहरुको अनुभवलाई आत्मसाथ गर्दै अगाडि बढेको पार्टी भएको बताउनु भएको छ। विकास र परिर्वन गर्नको लाई उमेरले कुनै फरक नपर्ने बताउँनु भएको । परिर्वन गर्न उमेरले मात्रै कुनै काम नगर्ने बताउँदै भिजन र मिसन सहितको ब्यक्ति भए मानसिक रुपमा स्वस्थ छ भने शारीरिक रुपमा भएको समस्याले पनि फरक नपार्ने बताउनु भएको छ ।स्थापनाकालमा २० जना विध्यार्थीहरुलको सहभागितामा अध्यापन भएको नेपाल आदर्श बहुमुखि क्याम्पसमा अहिले एक हजार बढि संख्यामा विध्यार्थीले अध्यान गर्ने बताउँदै विध्यालको पुर्वधार विकास र शैक्षिक क्षेत्रको परिर्वनको लागि आफु हरेकपल लागि पर्ने बताउनु भयो ।
प्रदेश सभामा २०७४ मा निर्वाचित पछि भौतिक पुर्वाधारको लागि ५० लाख नगद र एउटा स्कुल बस को ब्यवस्था मिलाएको बताउनु भयो । त्यस्तै स्वास्थ्य सेवा तर्फ र कृषि क्षेत्रमा पनि उल्लेख्य काम गरेको बताउनु भयो । हरेक नागरीकको जिवन स्तर समृद्ध हुने खालका विकासे योजना ल्याएर यस क्षेत्रलाई उत्कृष्ट बनाउले उदघोष गर्नु भयो ।गत चुनावमा गरेका बाचा अनुसार अधिकांस ठाउँका सडहरुको निर्माण पुरा गरको बताउर्दै अधुरा बाकिँ योजना अव पुरा गर्ने बताउनु भयो । त्यस्तै घरदैलोको क्रममा पुग्नु भएका कपिलवस्तु क्षेत्र न ३ (२) उम्मेदवार रजाउ खाँले एमाले आम नागरीकको सारथी बनेर काम गर्ने बताउनु भयो । नेकपा एमाका विकासे विकास मोडेल देखेर जनताको आकर्षण बढिरहँदा गठवन्धनको सरकारलाई छटपटी भइरहेको बताउनु भयो ।आफु सडक, सिंचाई, शिक्षा,स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीका योजना ध्यानमा राखेर खगाडि बढ्ने बताउनु भयो।
प्रतिक्रिया