ब्रेकिंग न्युज

कार्तिक ११ गते बुद्धभुमि ४ मा एमालेको भेला



 कपिलवस्तु, ०८ कार्तिक ।नेकपा एमाले बुद्ध भुमि ४ बुड्ढिको निर्वाचन तयारी बैठक सम्योजक नरहरि भट्टराईको अध्यक्षतामा बस्यो ।बैठकले आगामि ११ गते पार्टी सदस्यहरुको एक भेला आयोजना गर्ने आगामि ११ कार्तिकमा आयोजना हुने भेलामा नगर भित्रका आम युबाहरुको सहभागिता गराउने भएको छ । बैठकले देबिराम खनालको अध्यक्षतामा ५०१ जनाको प्रचार प्रसार समिति , बसन्त पन्थिको सम्योजकत्वमा आर्थिक समिति , मधुकर खड्काको सम्योजकत्वमा युबा समिति , इस्वरि भुशालको सम्योजकत्वमा बुद्धिजिबि परिचालन समिति , अम्बिका खनालको सम्योजकत्वमा महिला तथा मतदाता शिक्षा समिति चिन्तामणि खनालको सम्योजकत्वमा जेष्ठ नागरिक परिचालन समिति निर्माण गरिएको छ यसै गरि आगामि १२ गते उम्मेद्वार सहितको घर दैलो कार्यक्रम सम्पन्न गर्ने र सोहि दिन चुनाब सम्पर्क कार्यालय समेत निर्नय गरिएको छ ।बैठकमा एमाले केन्द्रिय सल्लाहकार इन्द्रमणि पौडेल। प्रदेश कमिटी सदस्य , टेकराज पौडेल जिल्ला कमिटि सदस्य रुपेश श्रेष्ठ र मिनराज बेल्बासेको उपस्थिति रहेको थियो ।

प्रकाशित : ८ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६