प्रदेश

कांग्रेसले भोलीमात्रै घोषणापत्र सार्वजनिक गर्ने




काठमाडौं, ११ कर्तिक ।
नेपाली कांग्रेसले भोलीमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम पनि शनिबार बिहानका लागि सारिएको कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।

सभापति देउवाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर घोषणापत्र सार्वजनिक गर्नुहुने छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलगायतका विषलाई प्राथमिकतामा राखेर कांग्रेसले घोषणापत्र तयार गरेको छ ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६