खोज–अनुसन्धान

हाम्रो डुंगा डुबे सबै डुब्छौँ, उत्रिए सबै दल उत्रिने हो: प्रचण्ड



धादिङ ११कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ पाँच दलीय गठबन्धन चुनावका लागि मात्रै नबनेको बताएका छन्।धादिङको सल्यानटारमा शुक्रबार गठबन्धनका कार्यकर्तालाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।यो गठबन्धन चुनावका लागि भनेर बनेको होइन। संविधान लोकतन्त्र र राष्ट्रियताका लागि यो गठबन्धन बनेको हो उनले भने, यो सन्देश हामीले प्रदेशमा भेला गरेर पनि भनिसकेका छौँ। गठबन्धन दलका सबै नेता भेला भएर सम्बोधन गरेको हो।उनले धादिङमा पनि गठबन्धनका कार्यकर्तालाई एकअर्का दलका चुनाव चिह्नमा भोट हाल्न संकोच नमान्न आग्रह गरे।
भोट हाल्नेबारे तपाईंहरुले संकोच नमान्नु होला। कहिलेकाहीँ साथीहरूलाई रुख, हँसिया हथौडा र कलममा भोट हाल्नेबारे अलिक अफ्ठ्यारो मानेर कुरा गरेको सुनिन्छ उनले भने, हामी सबै एकै डुंगामा चढेका छौँ। संविधान र लोकतन्त्रका लागि गठबन्धन हो। एकअर्कालाई भोट हाल्न संकोचन नमानौँ। यहाँ यो त्यो दल भन्ने होइन, गठबन्धन एउटै डुंगामा छ। डुंगा डुबे सबै डुब्छौँ, उत्रिए सबै दल उत्रिने हो।उनले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक विकासले गति लिन नसक्दा समस्या भएको पनि बताए।आर्थिक विकास र समृद्धिको नेतृत्व हामीले गर्छौँ। आर्थिक क्रान्ति गर्न सकिएन भने यो राजनीतिक परिवर्तनको औचित्य पुष्टि गर्न हामीलाई गाह्रो पर्छु, उनले भने, आज हामीले वक्तव्य जारी गरेका छौँ। अब हामी एक भएका छौँ। अब उम्मेदवारहरु सबै साझा भएका छन्। एकजुट भएर जनतालाई पनि परिचालित गर्नुपर्यो। गठबन्धनले बहुमतले जित्नुपर्छ।

प्रकाशित : ११ कार्तिक २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६