प्रदेश

गुल्मीलाई विकास निर्माणमा नमुना बनाउने उम्मेदवार श्रेष्ठको प्रतीबद्धता



गुल्मी १२ कात्तिक । गुल्मीको प्रदेशसभा निर्वाचन क्षेत्र नं –२ क का गठबन्धनका साझा उम्मेदवार भुवनप्रसाद श्रेष्ठले जिल्लालाई विकास निर्माणमा नमुना बनाउने बताउनुभएको छ । निर्वाचनमा विजयी गराई आम गुल्मेली जनताको सेवासँगै जिल्लालाई विकास निर्माणमा नमुना बनाउन अवसर प्रदान सबै मतदातासँग आग्रह गर्नुभएको हो ।
उहाँले विगतका दिनमा यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको बताउनुभयो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुल सडक लगायतका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गर्नुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति समेत रहनुभएका श्रेष्ठले आफूहरूले सधैँ नागरिकसँग जोडिएर काम गरेको बताउनुभयो । निर्वाचनमा विजयी भएमा पाँच वर्षको समयमा आफूले जिल्लालाई विकास निर्माणमा नमुना बनाएर देखाउने उहाँले बताउनुभयो ।
यस क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा सत्तारुढ दलका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादी का केन्द्रीय सचिव रामकुमारी झाँक्रीलाई कलम चिन्ह र आफूलाई रूख चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो । झाँक्रीसँग नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्ट र श्रेष्ठसँग नेकपा एमालेकै डिल्लीराज भुसाल प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित : १२ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६