१२ कात्तिक
चीन सरकारले कोरोना महामारी नियन्त्रण गर्ने उद्देश्यले लागू गरेको कठोर नियमविरुद्ध तिब्बतको क्षेत्रीय राजधानी ल्हासामा ठूला प्रदर्शनहरू भएका छन् । सामाजिक सञ्जालमा प्रकाशित भिडियोहरुमा सयौँ मानिसहरू विरोधप्रदर्शनमा सहभागी भएका र प्रहरीसँग झडप भएको देखिन्छ । चीनमा त्यस्ता प्रदर्शनहरूलाई दुर्लभ मानिन्छ । तिब्बत सबैभन्दा कडा सुरक्षाव्यवस्था कायम गरिएको चिनियाँ क्षेत्र हो ।
प्रदर्शनमा सहभागीमध्ये धेरैजसो मानिस हान समुदायका चिनियाँ आप्रवासी कामदार रहेका बीबीसीले जनाएको छ । ल्हासामा झण्डै तीन महिनादेखि लकडाउन लगाइएको छ । प्रदर्शनमा सहभागी मानिसहरुले हामी घर जान चाहन्छौँ लेखिएको प्लेकार्ड बोकेका छन् ।
मानिसहरु झण्डै तीन महिनौँदेखि घरमै थुनिएका छन् भने बाहिरबाट आएका मानिसलाई घर जान पनि दिइएको छैन ।
चीनमा यसबेला पहिलो पटक कोभिड पुष्टि भएको वुहानसहित दर्जनौँ सहरहरूमा लकडाउन गरिएको छ । लकडाउनका कारण यसबेला चीनका विभिन्न सहरमा गरी २० करोडभन्दा बढी मानिस घरभित्रै थुनिएका रोयटर्सले जनाएको छ ।
१२ कार्तिक २०७९, शनिबार
प्रतिक्रिया