कपिलवस्तु, १२ कार्तिक ।
आउँदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि देश भर चुनावी माहोल तातेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ मा हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह (लौरो) लिएर प्रतिनिधि सभाका लागि उम्मेद्वारी दिएका देबेन्द्रकुमार शर्माले जनताको भावना र चाहना अनुसार काम गर्न आफु चुनावमा होमिनु परेको बताएका छन् । उनले कपिलवस्तु र क्षेत्र नम्बर एकमा प्रचुर सम्भावना हुँदा हुँदै पनि जनताको अपेक्ष अनुसार केही गर्न नसकेको बताउँदै अहिले आफुहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गरेका छन् । शर्मा भन्छन्, “कपिलवस्तुमा विकासका काम हुन सेकनन् । जनताको अवस्थामा परिवर्तन आउन सकेन । यस अघि पटक पटक संसदमा पुगेर मन्त्री समेत भएका नेताहरुले जनताको भावना बुझ्ने गरी काम गर्न सकेनन् । त्यसैले यसपटक मैले उम्मेद्धारी दिनुपरेको हो ।” शर्मा यतिबेला कपिलवस्तु १ अन्र्तगत जनताको घर दैलोमा पुग्ने गरेका छन् भने मतदाताहरुसँग आर्शिवाद लिदै मत पनि मागिरहेका छन् । इन्जिनियरिङ विषयबाट अध्ययन गरेका शर्मा कपिलवस्तु १ बाट पुराना राजनितिक दलका उम्मेद्धारसँगै चुनावी प्रतिश्प्रधामा उभिएका हुन । शर्माले आफ्नो जित निश्चित रहेको दावि गरेका छन् ।
१२ कार्तिक २०७९, शनिबार








प्रतिक्रिया