जीवनशैली

ट्राफिक प्रहरी कार्यालयद्वारा पछिल्लो १५ महिनामा ३४ लाख राजश्व संकलन



ज्ञानेश्वर सहानी

नवलपरासी१३ कात्तिक ।पश्चिम नवलपरासीको ट्राफिक प्रहरी कार्यालयले पछिल्लो १५ महिनामा ३४ लाख ३७ हजार राजश्व संकलन गरेको छ ।जिल्ला प्रहरी कार्यालय नवलपरासीको अनुसार ८ सय ५० सवारी चालकलाई गरिएको कारबाहीबाट ३४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन भएको हो ।यस्तै, चालु आर्थिक वर्षको ३ महिनामा मात्र ६० वटा सवारी दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका ट्राफिक प्रहरी कार्यालय परासीको प्रहरी बरिष्ठ नायब निरीक्षक डम्बर गिरीले जानकारी दिनुभएको छ।

नवलपरासीको विभिन्न ठाउँहरु मा गत वर्षको ३ सय ८७ सवारी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । जसमा ६ सय ५४ जना घाइते भएको छन् भने १ सय ८ जनाको सवारी दुर्घटना मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभएको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६