प्रदेश

दार्चुला घटनाः ज्यान गुमाएका बालकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति प्रदान



काठमाण्डौ, १३ कार्तिक । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १६ लाख रुपैयाँ क्षतिपूर्तिबापतको रकम प्रदान गरेको छ ।

धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आज आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले जानकारी दिनुभयो ।

एसडीएम कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको ज्यान गएको थियो । बालककी दिदी १४ वर्षकी सरिना महरा घाइते भएकी छिन् ।

यसैबीच आउँदा दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको छ । यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले बालकको शव बुझ्ने भएका छन् । शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६