प्रदेश

चुरा गोदाममा आगलागी हुँदा बाँकेमा १ जनाको ज्यान गयो



काठमाण्डौ, १३ कार्तिक । बाँकेमा चुरा गोदाममा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । नेपालगञ्ज उपमहानगरपालिका–५ रामनगर बस्ने रमेशकुमार नागको घरमा रहेको चुराको गोदाममा आज आइतवार बिहान आगलागी हुँदा बर्दिया मधुवन नगरपालिका–८ बस्ने २५ वर्षका समिर वलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका वलीको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा ज्यान गएको हो । बिजुलीको तार शर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

नेपाली सेना, प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा गोदाममा लागेको आगो निभाइएको छ । आगलागीबाट ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६