प्रदेश

बाणगंगामा ऐतिहासिक रामकुमार बाबाको पूजा गरियो




कपिलवस्तु, १३ कार्तिक ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा ऐतिहासिक रामकुमार बाबाको विधिवत पूजा गरिएको छ । पौराणिक मान्यता अनुसार रामकुमार बाबाको पूजा गर्दा जंगली जनावरको डर तथा आक्रमण नहुने र घरायसी पशुचौपाय पनि नहराउने मान्यता रहि आएको छ ।

पौराणिक समयमा यहाँका रैथाने थारु जातिले वन्य जन्तुको डर त्रास हटाउन बाणगंगाका नगरपालिका वडा नम्बर ९ को पडरिया स्थित हालको सहरेपानि सामुदायिक वन क्षेत्रमा कार्तिक चर्तूदशीका दिन रातभार जागराम बस्ने र पञ्चमीका दिन बिहान विधिवत लवकुशको पुजा गरी पर्साद ग्रहण गरी यो पर्व मनाउने गरेको कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष कुमारमधु बेल्वासेले जानकारी दिनुभयो ।

हरेक तीन वर्षमा मनाइने यो पर्वमा साबिकको भलवाड गाबिस र मोतिपुर गाबिस हाल बाणगंगा नगरपालिका वडा नम्ब ७, ८ र ९ नम्बर वडाका प्राय सबै नागरिकहरु सहभागि हुने गर्दछन् । कात्तिक चतुर्दशिका दिन रातभर जंगलमै जाग्राम बसी त्यसको भोलि पल्ट पञ्चमि तिथिका दिन राँगा, बंगुर, खसी,बोका र कुखुराको बलि दिइ सबै गाउँले समान भाग लगाइ आफ्ना सबै सदस्यहरुलाई खुवाउने र रमाइलो गरी यो पर्व मनाउने गरिन्छ ।

यसैबिच आज सम्पन्न रामकुमार बाबाको पूजा स्थलमा आउँदो मंसिर ४ का लागि तय भएको निर्वाचनमा होमिएका उम्मेद्धारहरु समेत पुगेका थिए । नेकपमा एमालेका बलराम अधिकारी, विष्णु पन्थी, सत्ता गठबन्धनका डोलकराम घिमिरे, लगाएतका नेता कार्यक्रताहरु रामकुमार बाबाको पूजा स्थालमा सहभागित भएका थिए । यहाँ वडा अध्यक्ष कमल पौडेल सहित वडाका निर्वाचित सदस्यहरु समेत दिनभर खटिएका थिए । यो मेला एैतिहासिक रहेको बाणगंगा ९ का थारु अगुवा सम्भुराम थारुले बताउनुभएको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६