ब्रेकिंग न्युज

विकासको सुरुवात गर्ने एक मात्र पार्टी एमाले हो ः बलराम अधिकारी



कपिलवस्तु, १३ कात्तिक
नेकपा (एमाले) कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभाका उम्मेदवार बलराम अधिकारीले देशमा विकासको सुरुवात गर्ने एक मात्र राजनितिक पार्टी एमाले मात्रै रहेको बताउनुभएको छ । उहाँले आफ्नो गाँउ आफै बनाआंै, युवाहरुलाई रोजगार दिन प्रधानमन्त्री रोजगार कार्यक्रम, विपन्न तथा दलित नागरिकहरुका लागि जनता आवास कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, पोषण भत्ता, बृद्ध भत्ता, अशक्त भत्ता जस्ता नागरिकका समस्या समाधान गर्ने कार्यक्रमको सुरुवात एमाले सरकारले नै गरेको बताउदै जनताको समस्या बुझ्ने र देश विकास गर्ने पार्टी एमाले मात्रै रहेको दाबी गर्नुभयो । निर्वाचन क्षेत्र नं. १ को बाणगंगा नगरपालिका वडा नंं ३ को चम्किपुर, ठांठी, कर्महना, ७ को मोतीपुर लगाएतको स्थानमा जनताको समस्या बुझ्दै मतदातालाई भेटघाट गर्दै उहाले यस्तो बताउनुभएको हो । साथै उहाले पार्टीको निति, उद्धेश्य अनुसार सुखी नेपाली समृद्ध नेपाल बनाउने लक्ष्यका साथ अघि बढ्दै एमालेको ३ बर्षे शासन कालमा देशमा अथाह विकास निर्माणका काम भएको बताउनु भयो । उहाले आगामी दिनमा पनि देशमा यस्तै विकास निमार्णको कामलाई अगाडी बढाउन मंसिर ४ मा हुने निर्वाचनमा सुर्य चिन्ह मा मतदान गरि बहुमतका साथ विजयी गराउन आग्रह गर्नुभयो ।

यस्तै निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा क का उम्मेदवार विष्णु पन्थीले जनताको समस्या बुझ्दै बाणगंगा ३ ठांटी डांडामा सडकको स्तरउन्नती र कालो पत्रेका लागि एमाले सरकारको पालामा १ करोड बजेट विनियोजन गरिएपनि बर्तमान सरकारले कटौती गरेको बताउनुभयो । साथै उहाले एमाले जिते मात्र देशको विकास र निकास सम्भव रहेको बताउदै कुनै निति र सिद्धान्त नभएको गठबन्धनले देशलाई निकास दिन नसक्ने दाबी गर्नुभयो ।

मतदाता भेटघाट कार्यक्रममा समानुपातीकका उम्मेदवार जंजीर प्रसाद थारुले देशको समृद्धीको लागि र ओली सरकारले अगाडी सारेका योजनालाई पुरा गर्न आगामी निर्वाचनमा एमालेले जित्नुको विकल्प नभएको औल्याउनुभयो ।घरदैलो तथा मतदाता भेटघाटका क्रममा मतदाताहरुले देशको समृद्धीका लागि पुन एमाले सरकार ल्याउन आफुहरुले एमालेका उम्मेदवारहरुलाई जिताउने प्रतिबद्धता समेत जनाएका छन् । मतदाताहरुले शिक्षा, स्वास्थ्य, विजुली, खानेपानी, सिंचाई लगाएतका समस्याहरु पनि उम्मेदवार समक्ष राखेका थिए ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६