ब्रेकिंग न्युज

मधेशको विकासका लागि एमालेको विकल्प छैन ः चौधरी



कपिलवस्तु, १३ कात्तिक
नेकपा (एमाले) कपिलवस्तु क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्यका उम्मेद्वार मधुसुदन शरण चौधरीले जनताको सेवक बनेर सदैव काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चौधरीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा सुर्य ध्वजावाहक चिन्हमा मतदान गरि एमालेका उम्मेद्वारलाई जिताउन आग्रह गर्दै देशको विकासका लागि एमालेको विकल्प नरहेको बताउनुभयो । उहाँले हिन्दु र मुस्लीम समुदाय बिचको विभेद र दुरी हटाई समावेशी समाजको निर्माण गर्नेमा आफ्नो विशेष भुमिका रहेको बताउनुभयो । विगतमा पनि शिक्षा, स्वास्थ्य लगायत विभिन्न विकासका क्षेत्रहरुमा योगदान गर्नुभएका प्रदेश सांसदका उम्मेद्वार चौधरीले निर्वाचन पछि जनताको रक्षक भएर काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

चौधरीले विगतमा कपिलवस्तुका सांसद कृषि मन्त्री हुंदा आफ्नो जिल्लाको कृषि क्षेत्रको एउटा पनि समस्या समाधान गर्न नसकेको दुःखदायी अवस्था सबै जनतालाई थाहा भएकोले त्यसको परिणाम गठबन्धनले राम्रोसंग व्यहोर्ने बताउनुभयो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा संयौ सडक, अस्पताल, विद्यालय, पुल शिलान्यास भएका तर गठबन्धन सरकारले ती योजना खारेज गरेकाले ती काम पुरा गर्न पनि देशमा एमालेको आवश्यकता रहेको बताउनुभयो ।चौधरीले निर्वाचनमा मात्र नभई सदैव यस क्षेत्रका नागरिकको साथमा रहने बताउदै सुर्य चिन्हमा भोट हाली एक पटक जनताको सेवक भएर काम गर्ने जिम्मेवारी प्रदान गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित : १३ कार्तिक २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६