कपिलवस्तु १४ कार्तिक ।अस्ताउदो सुर्यलाई अर्घ दिदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ आईतवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम छठी माताको पुजाआजा गर्दै यो पर्व मनाईएको हो । रामघाट र जमुहार नदीमा ५ हजार बढी भक्तजनहरुले छठको सामुहिक पुजा गरेको छठ पुजा ब्यवस्थापन समितिले जनाएको छ । यस्तै कृष्णनगर, बहादुरगंज लगायधका स्थाामा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी सामुहिकरुमा यो पर्वै मनाएका हुन । यस बर्ष भने गत बर्षको तुलनामा भक्तजनहरुको संख्या दोब्बर थियो ।
रामघाट नदीको बारी र पारी दुबै तर्फ पुजाकालागि भक्तजनहरुको भीड लागेको थियो ।यस बर्ष भक्तजनको संख्या बढेको पुजा ब्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए । भक्तजनह जम्मा भएर सामूहिकरुपमा पुजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदमयकासहभागी थिए । बिशेष पुजाको अवसरमा उनीहरुले सुर्य र छठी माताको आराधना समेत गरेका थिए । छठमा उपबास बसी पुजाआजा गर्नाले पारिपार सुख संबृद्धिका साथै सन्तान प्राप्ती र रोग ब्याधी समेत निको हुने श्रद्धालु भक्तजनहरुको बिश्वास छ । उनीहरुले उक्त नदीमा पुजा गरी प्रससादका रुपमा आईतावार बासको सामग्रीमा अध्र्य दिएर केरा, ठेकुवा र भसुवा, मूला, केरा, उखु लगायतका परिकार चढाएका थिए ।
छठ पवका लागि पुजा ब्यवस्थापन समिति गठन गरी जमुहार र रामघाट नदीमा पुजाआजाका लागि बिशेष ब्यवस्था गरेको थियो । चार दिन सम्म मनाईने छठ बिहीवार बिहान संपन्न हुदैछ । शुक्रवार चोखो भोजनग्रहणगर्ने, शनिवार सुयास्त पछि एक छाक खाने, आईतवार अस्ताउदो र सोमवार उदाउदो सुर्यलाइृ अध्र्य दिने चलन छ । पुजा स्थलको सुरक्षार्थ सुरक्षाकर्मीै समेत परिचालन गरिएको थियो ।
प्रतिक्रिया