ब्रेकिंग न्युज

विकास ,परिवर्तन र समृद्धिको खाका तयार पारेको छुः उम्मेदवार के सी



कपिलवस्तु–कपिलवस्तु क्षेत्र नम्वर ३ (१ ) बाट नेकपा एमालेका प्रदेश सभा उम्मेदवार अर्जुन कुमार के सी ले देशमा विकासको लहर ल्याउन एमाले नेतृत्वको सरकार आवश्यक भएको बताउनु भएको छघरदैलोको क्रममा शिवराजका विभिन्न टोलमा मतदाता माझमा पुग्नु भएका के सी ले समाज तथा राष्ट्र निर्माणको निम्ति एमाले पाटीको विकल्प नभएको उल्लेख गर्दै मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई पहिलो पाटी बनाउन सूर्य चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गर्नु भयो ।एमाले सरकारको पालामा आफुले गरेका योजना सुनाउदै यस क्षेत्रमा आफ्नो पाटीको सरकारले संचालन गरिरहेका अधिकांश विकासका योजनाको एमाले सरकार ढले पछि वर्तमान सरकारले बजेट कटौती र रकमान्तरण गरेको बताउनु भयो ।विकास अभियान व्यवस्थित बनाउन, राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको स्पष्ट पार्दै सुर्य चिन्हमा मतदान गर्न आग्रह गर्नु भयो । एमालको जित पछि जनमुखी विकासका योजना अगाडि सार्ने बताउनु भयो । एमालेको जित पछि यस आफुले तयार गरेका गूरु योजना पुरा गर्ने बताउनु भयो । त्यस्तै उहाँले यस क्षेत्रको विकास ,परिवर्तन र समृद्धिको खाका तयार पारेको बताउनु भयो ।
उहाँले विकास अभियान व्यवस्थित बनाउन, राष्ट्रियता बलियो बनाउन, भ्रष्टाचार नियन्त्रण गर्न एमालेको सरकार आवश्यक भएको बताउनु भएको थियो ।घरदैलो कार्यक्रम गर्दै उम्मेदवार के सी ले कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा शान्ति सुरक्षा कायम गर्नमा एमाले पार्टी सधैं अग्रस्थानमा रहेको बताउनु भयो ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६