प्रदेश

रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित तीन जनाको ज्यान गयो



रुपन्देही, १४ कार्तिक ।
रुपन्देहीमा कारको ठक्करबाट ३५ दिनको एक शिशुसहित तीन जनाको ज्यान गएको छ । बिहान ५ बजेतिर छठ मनाउनका लागि छठीघाटतर्फ जाँदै गर्दा उनीहरुलाई कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवम् प्रवक्ता श्याम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार ओमसतिया गाउँपालिका–४ पननीकी १४ वर्षीया सीमा कुर्मी, २८ वर्षीया प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । ठक्कर दिने कारको नम्बर खुलेको छैन । कारसहित चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६