प्रदेश

खनालले जिते जिल्लाको विकास हुनेमा ढुक्क छौंः मतदाता



हरि घिमिरे कपिलवस्तु, १४ कार्तिक । आगामि मंसिर ४ गते हुने निर्वाचनकालागी होमिएका प्रतिनिधी सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल बलदेव परिर्वतन भएर आएको र जिते विकास हुने मतदाताले बताएका छन् । बाणगंगा वडा न. ८ का एमाले निकट एक नेताले आफु मतदाताको हैसियतले यस्तो बताएको सुनाए । उनले भने “विगत के थियो भन्ने कुरालाई भुलेर हालको स्थिती हेर्नेहो भने बलदेवले जितेमा कपिलवस्तुको विकास हुन्छ । यो कुरा मैले मात्र हैन आम मतदाताले बुझ्न जरुरी छ ति नेताले भने ।” उनि भन्छन “जिल्लाको समंग्र विकासका लागि पहुँच वाला नेताको खाँचो छ, त्यसमा बलदेव छन् ।” बलदेवमा पहुँचको कमि छैन, अघिल्लो पटक उनले भुले । अहिले शैलिनै परिर्वतन गरेर आएका रहेछन् उनले भन्छन मेरो भोट बलदेवलाई हुन्छ, विकास र परिर्वतनका लागि म उनलाई सगाउछु र आफन्तलाई पनि भन्ने छु । उनले उत्साहित हुँदै भने नेतामा यस्तो परिर्वतन आउन जरुरी । यसोत जिल्लाका आम मतदाताले पार्टीको केन्द्रीय सचिव भएकाले र यस भन्दा अगाडि मन्त्री भएकाले पनि उनि संग अनुभव र पहुँच दुवै भएको बताउछन । उनि हेभिवेट नेताको रुपमा देश भरिनै चर्चित छन् । मुख्यत तत्कालिन कृषि तथा पशुपंक्षी बिकास मन्त्री हुँदा बलदेवले कपिलबस्तुमा ३ अर्ब ६४ करोड २२ लाख बजेट भित्र्याएका थिए । कृषि उपज तथा कृषि पूर्वाधार बिकासमा पुर्वमन्त्री बलदेवले मुख्य रुपमा यी कार्यहरु सम्पन्न गरेका छन् ।

१) जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ३ र ११ सिमाना हथौसामा शीतभण्डार सहितको कृषि उपज बजार पूर्वाधार निर्माणको लागी उनले संघीय सरकारको तर्फबाट ५२ करोड लगानी गरेका छन् । जसबाट कृषकले उत्पादन गर्ने कृषि उपजको प्रभावकारी ब्यबस्थापनमा सहायता पुग्ने देखिन्छ ।

२) सिंचाइ सुविधा नपुगेका किसानलाई लक्षित गरेर कपिलवस्तुमा पहिलो पटक डिप ट्युबवेल (बोरिङ्ग) जडान कार्यक्रमको शुरुवात समेत बलदेवले गरेका हुन् । कृषि यान्त्रिकरण प्रवर्द्धन परियोजनाअन्तर्गत पहिलो डिप ट्युबवेल जडान कपिलबस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवामा संचालन गरिएको छ । कुल ७५ लाख लागत रहेको ट्युबवेलबाट सिंचाई सुविधाको सहज पहुँचका लागि सुविधायुक्त भएको स्थानीय बताउँछन् । सिंचाई सुविधालाई सहज तुल्याउनका लागी कपिलबस्तुको निर्वाचन क्षेत्र १ मा १८ वटा डिपबोरिङ्ग र २ हजार डिप ट्युवेल जडान गरि कार्यान्वयन अवस्थामा रहेका छन् । प्रति डिप ट्युबवेल ७५ लाख रुपैयाँको लागत रहेको परियोजना अन्तर्गत डिप बोरिङ्ग, पम्प हाउस, विद्युतीकरण, पम्प जडान र भूमिगत कुलो निर्माण गरि कृषकलाई खेतीपातीमा सहयोगसिद्ध भएको छ ।

३) मधेसमा छात्राहरुका लागी सुविधा होस् भन्नका लागी कपिलबस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ मा कन्या कलेजको स्थापना गरिएको छ । पुरुषको तुलनामा महिलाको शैक्षिक स्तर कमजोर रहेको उल्लेख गर्दै महिलालाई मात्रै लक्षित गरेर बिद्यालय सञ्चालन गर्ने प्रयासले महिलाको शैक्षिक स्तर सुधारमा महत्वपूर्ण रहने उदेश्य अनुरुप कलेजको स्थापना गरिएको हो । करिव १ बिगाहा ४ कट्ठा जग्गामा छात्रा भवन निर्माण गरि छुट्टै छात्रा सेक्सन सञ्चालन गरिएको छ । प्रतिनीधि सभामा निर्वाचित तत्कालिन कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव)को संसदीय क्षेत्र बिकास कोषको ५० लाख रुपैंयाबाट कन्या क्याम्पसका लागि भवन निर्माण गरि हाल पठनपाठन गरिएको प्रधानाध्यापक लालचन्द्र पाण्डेयको भनाइ छ ।

४) कपिलवस्तुका बहुवर्षीय योजनाका सडकको निर्माण कार्यको प्रारम्भकर्ताको संज्ञा ‘बलदेव’लाई दिइने गरिएको छ । सडक पूर्वाधारतर्फ बर्रोहिया–जयनगरा सडकको निर्माण तथा स्तरोन्नति समेत बलदेव मन्त्री भएका बखत संचालन गरिएको थियो । बलदेवकै संसदीय बिकास कोष मार्फत निर्माण सम्पन्न गरिएको बर्रोहिया–जयनगरा सडक स्तरोन्नति भएसँगै यहाँका स्थानीयले प्रत्यक्ष उपभोग गर्न पाएका छन् । साथै कृषक एवं ब्यापारीलाई निक्कै सहज बनेको स्थानीय ब्यापारीहरुको भनाइ छ । यसैगरि बलदेवले शुद्धोधन गाउँपालिका– ६, सन्तघाट बेलभरिया, मोतीपुर पुल, मायादेवी गाउँपालिका ३, फुलिका पुल, मुगहरि पुल लगायतका पूर्वाधार निर्माणमा लगानी गरि कार्यान्वयनमा रहेका छन् ।

५) बलदेवको ५ बर्षे कार्यकालमा कृषि, सिंचाई, शिक्षा, पूर्वाधार बिकासमा उल्लेख्य कार्य गरेसँगै नीतिगत परिवर्तनमा समेत काम गरेका छन् । जनप्रतिनिधिको रुपमा ‘डेब्यु’पछिको मन्त्री बन्न सफल बलदेवले कृषि क्षेत्रमा अतुलनीय र ऐतिहासिक कार्य गरेका छन् । आत्मनिर्भरताको सफल अभियानलाई निरन्तरता दिने क्रममा उनले कृषि उत्पादन प्रवद्र्धन, खसिबोका आयातमा नियन्त्रण, धुलोदुुध आयातमा नियन्त्रण, बिषादि नियन्त्रण अभियानलाई ऐतिहासिक कार्यका रुपमा

दस्तावेजीकरण गर्नु उपयुक्तता रहने देखिन्छ । यसर्थ, ५ बर्षे संघीय सांसदको रुपमा जिम्मेवारी निर्वाह गरेका उनै बलदेव आमनिर्वाचन २०७९ को महासंग्राममा उत्रिएका छन् । केन्द्रिय स्तरमा राम्रो पकड कायम राख्ने बलदेव बर्तमान सत्तासाझेदार बाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट कपिलबस्तु–१ मा प्रतिनिधी सभा सदस्यका उम्मेद्वार हुन् ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६