ब्रेकिंग न्युज

काङ्ग्रेस लोसपासंग डरायो ,तोडफोडमा उत्रियो :शाह



कपिलवस्तु १४ कार्तिक ।कपिलवस्तु प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका कार्यकर्ता माथी पोष्टर च्यातेको आरोप लागेको छ । लोसपाको उम्मेदवारको प्रचारका लागी राखिएको पोष्टर काँग्रेसका कार्यकर्ताले च्यातेको लोसपाका उम्मेदवार अकवाल अहमद शाहले बताउनु भएको छ ।उहाले भन्नुभएको छ काङ्ग्रेस लोसपासंग डरायो ।
प्रत्रकार सँग कुरा गर्दै उहाँले जनता सँग प्रत्यक्ष सम्वन्ध भएको कारणले गर्दा आफ्नो प्रचार सामाग्री च्यातेर त्यसमा काँग्रेसको प्रचार सामाग्री राख्ने गरेको दाबी गर्नु भयो । आफुले मन्त्री हुँदा र अन्य समयमा विकास निर्माण, शिक्षा, विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृती, विद्यालय मदरसा निर्माणका लागि धेरै काम गरेको बताउनु भयो ।
उहाँले काँग्रेस कार्यकर्तालाई आफ्नो पोष्टर नच्यात्न आग्रह समेत गर्नु भएको छ । एमालेले हाल सम्म पोष्टर नटासेको कारणले काँग्रेस बाहेक अरु कसैले पोष्टर नच्यातेको बताउनु भयो । उहाँले यस विषयमा निर्वाचन आयोगलाई समेत जानकारी गराएको बताउनु भयो । लोसपाबाट संघिय सांसद पदका लागि उम्मेदवार रहनु भएका शाह अहिले घर दैलो गर्दै जनता सँग मत माग्न ब्यस्त हुनु हुन्छ । उहाँले मतदाताले क्षेत्रको विकासको लागि जनताले नया अनुहार को अपेक्षा गरेको समेत बताउनु भयो ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६