बाणगंगा, १४ कार्तिक ।नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ संघिय साँसदका उम्मेदवार इन्जीनियर बृजेश कुमार गुप्ताले बाणगंगा नदीको कटान नियत्रणका लागि तटवन्धको डिपिआरको काम सुरु भएको बताउनु भएको छ । केपी ओली प्रधानमन्त्री हुँदा एमाले जिल्ला र आफ्नो पहलमा डिपिआरको काम भएको बताउनु भयो । उहाँले डिपिआर निर्माण गरी भारत सरकार सँग बजेटको समेत पहल भएको बताउनु भयो ।जिल्लामा पछिल्लो ५ वर्षमा उल्लेखनीय काम भएको जनाउदै सडक र पुल निर्माणमा गती लिएको बताउनु भयो ।
बाइट
एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज समेत हुनु भएको गुप्ता सोमवार महाराजगन्ज नगरपालिकामा जनता सँग भेटघाटमा जुट्नु भएको थियो । जनता सँग उहाँले दशकौ देखी जिर्ण रहेको डुमरा महाराजगन्ज सडक कालोपत्रे गर्ने योजनाको काम सुरु गराएको बताउनु भयो । महाराजगन्ज बजार सुन्दरीकरण, महाराजगन्ज खरेन्द्रपुर सडक, तकिया लक्ष्मीनगर सडक जस्ता महत्वपुर्ण काम गरेको बताउनु भयो ।
एमाले कपिलवस्तु क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने भुपालले एमालेले जिते देशको विकास हुने बताउनु भयो । उहाले एमालेलाई जिताउदा महाराजगन्ज, हर्दैना मा खानेपानीको योजना, हर्दैना जस्तो क्षेत्रमा स्मार्ट कृषि गाँउ कार्यक्रम समेत लागु भएको बताउनु भयो । उहाँले महाराजगन्जका ग्रामीण क्षेत्रको सडक, कृषि, सिंचाइका समस्या पुरा गर्न सुर्यमा मतदान गर्नु पर्ने बताउनु भयो ।
१४ कार्तिक २०७९, सोमबार








प्रतिक्रिया