कपिलवस्तु, १४कात्तिक ।नेकपा (एमाले) क्षेत्र नं. १ का उम्मेद्वारहरुले मतदाताहरुसंग प्रत्यक्ष विकास निर्माणका सवाल बारे बुझ्न थालेका छन् । आसन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा निर्वाचन अन्तर्गत एमाले कपिलवस्तु क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारी, प्रदेश सभा (क) का उम्मेद्वार बिष्णु पन्थी र (ख) का उम्मेद्वार मधुसुधन शरण चौधरीले जनताका गाउँवस्तीमा गर्नुपर्ने विकास निर्माणका कामको योजना सहित मतदातासंग भेटघाट गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अधिकारी, प्रदेश सांसदका उम्मेद्वार बिष्णु पन्थीले बाणगंगा नगरपालिका वडा नं. १ का उप्टहवा, डांडाकुडां, वैरिया, शान्ति श्रीनगर टोल, बठनपुरा, निवुवा लगायत विभिन्न ठाउँका मतदातासंग भेटघाट तथा कार्यकतासंग अन्तरक्रिया गर्नुभएको हो ।सोहि क्रममा मतदाताले उत्तम नगर (उप्टहवा) मा सिंचाईको व्यवस्था गर्नुपर्ने, सम्भावित नदि कटान क्षेत्रमा तटबन्ध गरिनुपर्ने, सामुदायिक भवनको निर्माण, छापे ढुङ्गा मन्दिर संरक्षणका आवश्यक बजेट विनियोजन, पोखरि मर्मत हुनुपर्ने माग गरेका थिए । त्यस्तै सुकुम्बासीलाई ब्यबस्थापन गर्नुपर्ने, निबुवा बाट आयु मेडिकल सम्म बाटो स्तरोन्नति तथा कालोपत्रे, बठनपुरामा कल्भर्ट बनाउनुपर्ने, छोटा विद्युत पोल फेर्ने, ठाकुरापुर देखि पिपरा जोड्ने सडक कालोपत्रे गर्नुपर्ने, बठनपुरा देखि झुंगा जोड्ने सडकको स्तरोन्नती तथा कालोपत्रे, सिंचाइ बोर्डिङ मर्मत, स्वास्थ्य सेवा गुणस्तरीय हुनुपर्ने उम्मेद्वारहरुसंग स्थानीयले माग गरेका थिए ।
प्रतिनिधि सभा सांसदका उम्मेद्वार अधिकारीले जनताका माग र आवश्यकतालाई क्रमशः बजेटको व्यवस्था गरि पुरा गर्दै जाने बताउनुभयो । उहाँले जनताले तिरेको रकमबाट विकास निर्माणका काम गरिने भएकाले सबै नागरिक जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो ।त्यस्तै प्रदेश सांसदका उम्मेद्वार पन्थीले बाट आयु मेडिकल सम्म बाटो स्तरोन्नति तथा कालोपत्रे गर्ने प्रतिवद्धता व्यक्त गर्दै एमालेको नेतृत्वमा एमालेको प्रदेश सरकार हुंदा भएका विकास निर्माणका काम बारे स्पष्ट पार्नुभयो । उहाँले चार नम्बर जितपुर देखि उप्टहवा जाने सडकको स्तरोन्नति, शान्ति श्रीनगरको भित्री बाटो तथा वैरीयाका कल्भर्ट समेत निर्माण, त्यस्तै बाणगंगा र गजेहडा भुपु सैनिक खानेपानीमा अत्याधुनिक ल्यावको व्यवस्था, खानेपानी ओभरहेड ट्यांकीको शुरुवात गर्ने काम आफ्नै पहलमा एमाले नेतृत्वको प्रदेश सरकार हुंदा भएको बताउनुभयो । त्यस्तै सिद्धार्थ क्याम्पसमा भौतिक संरचना निर्माण, वाल माविमा कृषि भौंतिक पुर्वाधार र अन्य भित्री सडक खण्ड र पुलपुलेसा निर्माण तथा स्तरोन्नति गरिएको बताउनुभयो ।उहाले दोमिल्लामा बाध बानेर बाणगङा शुद्धोधन र मायादेवीमा सिंचाइ सुबिधा पुर्याउने बताउँनु भयो।
त्यस्तै शुद्धोधन गाउँपालिका वडा नं. ३ का विभिन्न लवनी, सुरईना लगायत विभिन्न स्थानमा क्षेत्र नं. १ (ख) प्रदेश सांसदका उम्मेद्वार मधुसुदन शरण चौधरीले मतदातासंग भेटघाट गर्नुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।








प्रतिक्रिया