खोज–अनुसन्धान

डुंगा दुर्घटनामा ३ जनाको ज्यान गयो



बुटवल १५ कात्तिक। पश्चिम नवलपरासीको सुस्ता गाउपालिका वडा न ४ मा रहेको एक घोलामा भएको डुंगा दुर्घटनामा ३ जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परि २ जना गम्भिर घाईते भएका छन्।सुस्ता गाउपालिका वडा नं ४ नर्सही गोकुलनगर स्थानीय युवाहरु गाउ नजिकैको घोला किनारमा रहेको थुम्कोमा बनभोज खाएर फर्केका किशोरहरु घोला तरेर फर्किन लाग्दा उक्त दुर्घटना भएको गाउपालिका अध्यक्ष टेकनारायण उपाध्यायले बताए।

सुस्ता गाउपालिकाका निर्वतमान अध्यक्ष राम प्रसाद पाण्डेका अनुसार आज दिउसो स्थानीय गोकुल नगरका ७ जना युवाहरु बनभोज खान गएका र फर्किने क्रममा ५ जना डुंगा चढेको र अन्य २ जना पैदलै हिडेका थिए।डुंगामा चढेर घोला पार गर्ने क्रममा घोलाको बिच भागमा पुगेपछि डुंगा अनियन्त्रीत भई पल्टिएको र उनीहरु मध्ये ३ जनाको घटनास्थलमै मृत्यु भएको अन्य २ जनाको गम्भिर अवस्थामा उद्धार गरी उपचारका लागी बर्दघाट नपामा रहेको चौपत्ता अस्पतालमा ल्याईएको बताईएको छ।

घाईतेहरुको अवस्था समेत अत्यन्त गम्भिर रहेको स्थानीयले बताएका छन्। दुर्घटनामा परि घाईते हुने तथा मृत्यु हुनेहरु सबै १८ बर्ष देखि २० बर्ष हाराहारीका युवाहरु रहेका छन्।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६