प्रदेश

कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदीसहित सशस्त्र प्रहरीका दुई सई निलम्बित



कपिलवस्तु १५ कार्तिक । सशस्त्र प्रहरीका दुई जना सई ९प्रहरी नायब निरीक्षक० निलम्बनमा परेका छन् । आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर(२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो ।
सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याएर कार्यालय फर्कने क्रममा जिम्मेवारी सही ढंगले पूरा नगरेको आरोपछ । ४ कात्तिकमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए ।
२० असोजमा भारतीय भूमिमा मृत फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको भन्दै मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रकाशित : १५ कार्तिक २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६