जनकपुरधाम १६ कार्तिक । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।नम्बर खुल्न नसकेको सेतो रंगको गाडीले सखुवामा ज १० प १३०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएपछि सोनबरसाका २२ वर्षीय नेक महमद र मलंगवा नगरपालिका( ९ का एकरामुल साफीका १० वर्षीय छोरा असलम साफी घाइते भएका थिए।घाइते दुबै जनालाई उपचारका लागि मलंगवा लगिएको थियो ।
घाइते नेक महमदको उपचारकै क्रममा मृत्यु भएको छ। साफीको उपचार जारी छ।ठक्कर दिने गाडी उम्मेदवार यादवको रहेको भन्दै उनीविरुद्ध मलंगवाको सहिद चोकमा प्रदर्शन गरिएको छ। घाइतेका आफन्त र स्थानीयले उम्मेदवार यादव र माओवादीविरुद्ध नाराबाजी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन्।नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादव नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर चुनावी मैदानमा छन्।
प्रतिक्रिया