प्रदेश

विद्यालय भवन भत्कियो वडा कार्यालयमा पढ्दै बिध्यार्थी



रुकुमपूर्व १६ कात्तिक । गत भदौमा आएको वर्षासँगैको पहिरोले विद्यालय भवन भत्काएपछि रुकुमपूर्वको एक विद्यालयको पढाई वडा कार्यालय र अन्तर्गतको स्वास्थ्य इकाई भवनमा हुँदै आएको छ ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–९ खाराबाङमा रहेको आदर्श माध्यामिक विद्यालयकाको पठनपाठन वडा कार्यालय र स्वास्थ्य इकाई भवनमा हुँदै आएको हो । विद्यालयका प्रधानाध्यापक सर्वेन्द्र खड्काका अनुसार गत भाद्र महिनामा विद्यालय भवन भत्किएपछि वडा कार्यालयमा विद्यालयमा सामाग्री सारेर पठनपाठन गर्ने गरिएको छ ।
१० कक्षासम्म रहेको विद्यालय भवन पहिराले भत्काएपछि वडा कार्यालयमै पठनपाठन गर्न बाध्य भएको प्रधानाध्यापक खड्काले बताउनुभयो । भारी वर्षाका कारण विद्यालय माथीबाट आएको पहिराले विद्यालय भवन भत्किएको थियो । विद्यालयका प्रधानाध्यापक खड्काले पहिराले निर्माण सम्पन्न भएको दुई कोठे भवन र दुई कोठे पक्की शौचालय, निर्माणाधीन दुई कोठे भवनलाई पहिरोले पुर्ण रुपमा क्षति गरेको बताउनुभयो ।
भवन भत्किदा कम्प्युटर कक्षमा रहेका कम्प्युटर सहित फोटोकपी मेसिन, सोलारपाता लगायतका सामाग्री गरेर करिब एक करोड बराबरको क्षति भएको बताईएको छ । विद्यालयमा रहेको पुरानो भवन पनि जिर्ण अवस्थामा रहेकोले पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ । जिर्ण र भत्किएको अवस्थामा रहेको भवनलाई मर्मतको पहल गरिने वडाध्यक्ष हर्कप्रसाद रोकाले बताउनुभयो ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६