प्रदेश

गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन हुने



तम्घास १६ कात्तिक । मङसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि गुल्मीमा दुई हजार पाँच सय सुरक्षाकर्मी खटिने भएका छन् ।
निर्वाचनलाई स्वच्छ मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न लागि एक हजार ४६० जना म्यादी प्रहरी, एक हजार ४० जना नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी दुई हजार पाँच सय सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो ।
यसका साथै आवश्यक परेमा थप सुरक्षाकर्मीहरुको पनि प्रबन्ध मिलाइएको उहाँको दावी छ । निर्वाचनलाई शान्तीपूर्ण तरिकाले सम्पन्न गर्न जिल्ला सुरक्षा समिति सक्षम रहेको भन्दै ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई पौडेलले आग्रह गर्नुभयो ।
गुल्मीका ३५ वटा मतदान स्थल अति संवेदनसील रहेको जिल्ला सुरक्षा समिति गुल्मीले जनाएको छ । यस्तै ६७ वटा मतदान स्थलहरु संवेदनसील र ४० वटा मतदान स्थलहरु सामान्य रहेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
संबेदनशिल स्थलहरुमा सुरक्षा लगायत अन्य हिसावले पनि सबै प्रबन्ध मिलाइएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिनुभयो । मतदान स्थलहरुलाई बर्गिकरण गर्दा भुगोल,यातायात, जिल्लागत सीमा लगायतका बिषयहरुलाई आधार मानेर बर्गिकरण गरिएको हो ।
जिल्लामा कुल दुई लाख २३ हजार ६१५ मतदाता रहेका छन् । दुई नगरसहित १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको जिल्लामा १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६