प्रदेश

धन बहादुर चौधरीलाई रिहा गर्न माग गर्दै सव डिभिजन वन कार्यलय पिपरा घेराउ





कपिलवस्तु, १६ कार्तिक ।
कपिलवस्तुको बाणगंगा १० बहादुरपुरमा खेत जोत्दै गर्दा धन बहादुर चौधरी पक्राउ परेका छन् । २० औं बर्ष देखि जोत भोग गर्दै आएको जग्गामा हिउँदे वालि लगाउने क्रममा उनलाई ट्याक्टर सहित सव डिभिजन वन कार्यलय पिपराले पक्राउ गरेको हो । उनलाई अहिले थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

यसको विरोध गर्दै भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी व्यवस्थापन संघर्ष समितिले चौधरीको रिहाइ गर्दै सव डिभिजन वन कार्यलय पिपरा घेराउ गरेको हो । संघर्ष समितिले घेराउ संगै रिले अनसन पनि सुरु गरेको छ । संघर्ष समितिले चौधरीको रिहाइ नहुदाँ सम्म रिले अनसन र आन्दोलनका कार्यक्रमलाई थप गर्दै लगिने जनाएको छ ।

आन्दोलनमा सरिक हुनुभएका बाणगंगा नगरपालिका वडा न. १० का वडा अध्यक्ष यम प्रसाद पोख्रेलले पहिला पनि वन कार्यलयको ज्यादति थियो विचमा कम भएको र हाल आएर फेरि सुरु गरेको टिप्पणि गर्नु भएको छ । २० औं बर्ष देखि जोत भोग गर्दै आएको जग्गामा वनले कब्जा जमाउन खोज्नु असान्दर्भीक भएको उहाँले बताउनु भयो । वडा अध्यक्ष पोख्रेलले कसैले नयाँ जग्गामा अतिक्रमण गरेर खनजोत गर्न खोज्छ भने वडा कार्यलयले वनलाई साथ दिने बताउनु भयो । त्यस्तै उहाँले विना कारण पक्राउ परेर हिरासतमा रहेका धन बहादुर चौधरीलाई छिटो भन्दा छिटो रिहाई गर्न वन कार्यलय र मातहतका सबैलाई आग्रह समेत गर्नु भयो ।

यस्तै संघर्ष समितिका संयोजक समेत रहनु भएका चिन्तामणि ढुङ्गानाले भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासी माथिको वनको आतंकले गर्दा आफहरुले आन्दोलन गर्नु परेको बताउनु भयो । उहाँले वनको आतंकले आम जनतामा कुनै किसिमको घटना हुन पुगेमा यसको जिम्मेवारी स्वयंम वनले लिनुपर्ने चेतावनि दिनु भयो । उहाँले हिरासतमा रहेका धन बहादुर चौधरीलाई छिटो भन्दा छिटो रिहाई गर्न वन कार्यलयलाई अपिल समेत गर्नुभयो ।

रिले अनसन थालेका बाणगंगा वडा न. १० र ११ का भुमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीले केहिवेर नारावाजि समेत गरेका थिए । अनसनमा करिब २ सय बढिको उपस्थिती रहेको थियो । रिले अनसनको आज तेस्रो दिन भएको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६