प्रदेश

उम्मेद्धार शर्माले भने, परिवर्तनका लागि एउटा युवाले आँट गरेको छ



कपिलवस्तु,१६ कार्तिक ।

हाम्रो नेपाली पार्टीबाट लौरो चुनाव चिन्ह लिएर कपिलवस्तु क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाका लागि उम्मेद्धारी दिएका इन्जिनियर देबेन्द्रकुमार शर्माले आफूले जित्ने दाबी गरेका छन् । उनले मतदाताका घरघरमा आफू पुगिरहेको र जिल्लाको विकासमा जनताले नयाँ उम्मेद्धार खोजि गरेको पाएको बताए ।

उनले एक कार्यक्रमलाई सम्बोधन गर्दै भनेका छन्, आज परिवर्तनका लागि एउटा युवाले आँट गरेको छ, यो आँटलाई कपिलवस्तुका जनताले राम्रोसँग हेरिरहेका छन्। उनले भने म इन्जिनियर बनेर यो देशको डिजाइनको नक्सा बनाउछु भनेको मान्छे, नक्सा बनाएर मात्र हुदो रैनछ यहाँ, अब कानुन बनाउने ठाउमा जानुपर्ने रहेछ ।

यस्तै उम्मेद्धार शर्माले एक युगमा एक पटक मात्रै उलटपुलट आउने भन्दै कपिलवस्तुबासीले मंसिर ४ गते युवा उम्मेद्धारलाई साथ दिएमा देश र जिल्लाको विकासमा परिवर्तन ल्याउन सकिने पनि स्पष्ट पारेका छन् । आफू एक्लैले नसक्ने भन्दै उनले भने, मंसिर ४ गते कपिलवस्तुबासीले चाहनुभयो भने युवाले अवसर पाउने छ । आज पनि कतिपयले आदीवासी, जनजाती र मधेसीका नाममा भोट मागिरहेको भन्दै उनले विसुद्ध नेपालीको नाममा भोट माग्ने आफू मात्रै भएको पनि दाबी गरेका छन् । देश र जिल्लाको विकासको नाममा आफूले जस्तै कसैले एजेण्डा बनाएर भोट मागेको भए इन्जिनियर देबेन्द्र कुमार शर्मालाई भोट दिन नपर्ने पनि उनको प्रष्टी छ । अहिले विकास र नेताहरुको लडाइ रहेको भन्दै उनले जनताले यसपटक विकासको एजेण्डालाई छोडेर नेतालाई भोट दिए भने सधै पछाडि परिने पनि बताएका छन् ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६