प्रदेश

मतदाताले भने अबको विकल्प राप्रपा हो



कपिलवस्तु, १६ कार्तिक ।

कपिलवस्तु जिल्लाको मायादेवाी गाउँपालिकाका मतदाताले अबको विकल्प राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाहेक अरु हुन नसक्ने दाबी गरेका छन । बुधवार मायादेवाी गाउँपालिकाका गणेसपुर, गौरा, सिनेनिया, मैनिहवा, तुल्सिडिहवा लागायतका विभिन्न गाउँमा जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेद्वार धुव्र रायमाझी, प्रदेशसभा क्षेत्र नम्बर ख का उम्मेद्वार रोशन साह लगायत विभिन्न नेता कार्यक्रताको उपस्थितीमा भएको मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा सर्वसाधारणले देशको विकास गर्ने अन्तिम विकल्प राप्रपा नै भएकोले अहिलेको निर्वाचनमा राप्रपालाई नै जिताउने बताएका हुन ।

गएका धेरै निर्वाचनमा अन्य दलका नेताहरुलाई जिताएर आफुहरुले देश माथि घात गरेको बताउँदै अब त्यस्तो गल्ति नदोहोर्याउने बताएका हुन । काम गर्लान भनेर पटक पटक चुनाव जिताए पनि आफुहरुको स्थिती भने झनै नाजुक भएको गुनासो गर्दै अब त्यसलाई सुधार गर्नको लागी राप्रपाका उम्मेद्वारलाई अहिले भोट हाल्ने तर राप्रपाका उम्मेद्वारले पनि त्यस्तै हर्कत गरे जनता नै सबैभन्दा ठुला दुस्मन भएर निस्कने चेतावनी समेत दिएका छन ।

त्यस्तै भेटभाट कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार धुव्र रायमाझीले चुनाव जिते जनता सगँ गरेका प्रतिबद्धता पुरा गर्ने बाचा गर्नुभएको थियो । जनता सगँ उनीहरुका समस्या बुझ्दै हिड्नुभएका रायमाझी जनताका समस्या प्रति आफु सचेत रहेको र त्यस्ता समस्या हटाउन हरपल तयार रहेको बताउनु भएको थियो ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६