प्रदेश

भोट सम्मान गर्नेलाइ दिनुस, अबज्ञा गरि भाग्नेलाई होइनः पुष्पा भुसाल



अर्घाखाँची, १६ कार्तिक ।

अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पुष्पा भुसालले भोटको सम्मान गर्नेलाइ भोट दिन आग्रह गरेकी छन् । भुसालले पाणिनी गाउपालिकाका मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नु पर्ने भन्दै बिचमै भाग्नेलाइ भोट दिएर मत खेर नफाल्न अनुरोध गरेकी हुन् । अर्घाखाँचीबाट जितेर जनताको भावना अनुसार काम नगरी संसद विघटन पक्षधर बनि जनताको मतको अवज्ञा गरेको भुसालको भनाइ छ ।

जनभावना बिपरित काम गर्नेलाई अब जनताले नै आफ्नो बिबेक प्रयोग गरि हराउनु पर्ने भुसालको तर्क छ । जनमतको भरपुर प्रयोग गरि काम गर्नु पर्ने बेला त्यसो नगरेको उनको आरोप छ ।

देशलाइ संकट परेको भएर जनआदेश बिना पनि नेपाली काँग्रेस सहितका अन्य दलहरु मिलेर गठबन्धनको सरकार बनाउनु परेको भन्दै गठबन्धनले देश र जनताको लागि काम गर्ने भुसालको भनाइ छ । सोही अनुरुप अर्घाखाँची जिल्लाको समग्र बिकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन समेत भुसालको आग्रह छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६