खेलकुद

रुपन्देहीको रोहिणीमा कुस्ती प्रतियोगितामा भारतीय पहलवानहरुको वर्चस्व



भैरहवा १७ कार्तिक । तराई क्षेत्रमा लोकप्रिय रहेको कुस्ती खेलप्रति अहिले चासो बढ्दै गएको छ । जिल्लाको बिभिन्न क्षेत्रमा कुस्ती प्रतियोगिताहरु आयोजना हुन थाले पछि यस क्षेत्रमा पनि रहरलाग्दो पहलवानहरु देखा पर्न थालेका छन् । रुपन्देहीको ग्रामीण क्षेत्रबाट पहलवानहरु उत्पादन गर्ने उद्देश्यका साथ रोहिणी गाउँपालिकाद्वारा आयोजित खुल्ला कुस्ती प्रतियोगितामा भारतीय पहलवानहरुले वर्चस्व जमाएका छन्।
१ लाख १ हजार १ सय ११ रुपैया रहेको प्रथम स्थान भारत दिल्लीका बिनोद पहलवानले जितेका छन् । उनि भारतकै पठानकोटका बब्बी पहलवानलाई पछार्दै प्रथम भएका हुन् । यस्तै भारत गोरखपुरका जितेन्द्र पहलवान दोश्रो भएका छन् ।
दोश्रो हुँदै उनले ५१ हजार १ सय ११ रुपैया हात पारे । जितेन्द्रले भारत हरियाणाका भिम पहलवानलाई पराजित गरेका थिए । प्रतियोगिताको तेश्रो पनि भारतकै हरियाणाका मुन्ना पहलवान भएका छन् । २५ हजार १ सय ११ रुपैया राशीको तेश्रो पुरस्कारका लागि उनले हरियाणाकै गोपी पहलवानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलवानले सान्त्वना स्थान हासिल गरे । यससंगै उनले १५ हजार १ सय ११ रुपैया जिते ।
प्रतियोगितामा नेपालका विभिन्न स्थानका पहलवानहरुको सहभागिता रहेको रोहिणी गाउँपालिकाका राजकुमार मिश्रले जानकारी दिए । मधेश प्रदेश सहित लुम्बिनी प्रदेशकै नामी पहलवानहरु रहे पनि तुलनात्मक रुपमा बलियो रहेका भारतीय पहलवानहरुले प्रतियोगितामा वर्चस्व देखाएका हुन् ।
रोहिणी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिता विशेष गरी दक्षिण र नेपालको तराई–मधेश भेगमा निकै प्रचलित रहेको कुस्ती खेल बदलिदो परिवेशमा ओझेल परेकोले यसको संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले बताए ।
कुस्ती प्रतियोगितामा स्थानिय पहलवानहरु उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६