प्रदेश

राज्यसमिति सदस्यसहित माओवादी केन्द्र गुल्मीका ४१ जना एमाले प्रवेश



बुटवल १७ कार्तिक । गुल्मीमा नेकपा माओवादी केन्द्रका राज्य समिति सदस्यसहित ४१ जना एमाले प्रवेश गरेका छन् । बुधबार एक समारोहकाबीच माओवादी केन्द्र परित्याग गरी उनीहरु एमाले प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कार्यालयमा आयोजित विशेष कार्यक्रममा स्वागत गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका उपत्यका विशेष राज्य समिति सदस्य चन्द्र बस्नेत, जिल्ला समन्वय समिति सदस्य दामोदर बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तिलक महत, वाइसियल गाउँ कमिटी सदस्य धन बहादुर बस्नेत सहितका ४१ जना रहेका छन् ।
पार्टी प्रवेश गरेका सम्पूर्ण गुल्मी क्षेत्र नं। २ का रहेका छन् । सो क्षेत्र एमाले सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उनी आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट उम्मेद्वार रहेका छन् ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६