जीवनशैली

डडेल्धुरामा प्रधानमन्त्रीलाई स्वागत गर्न सागर ढकाल माला लिएर लाइनमा



काठमाण्डौ, १७ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुग्नुभएको छ ।देउवा निजी खर्चमा हेलिकप्टरमार्फत डडेल्धुरा पुग्नुभएको हो । उहाँ डडेल्धुरामा आमसभा र चुनावी घरदैलो कार्यक्रममा सहभागी हुनुहुनेछ । देउवा डडेल्धुरा जाँदा रोचक दृश्य देखिएको छ ।

देउवाको खरो आलोचना गर्ने र उहाँकै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल पनि देउवालाई स्वागत गर्न मालासहित लाइनमा बस्नुभएको छ ।अब नयाँ पुस्ता नेतृत्वमा पुग्ने भन्दै ढकालले प्रधानमन्त्री देउवाकै क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । प्रतिस्पर्धीलाई स्वागत गर्न लाइनमा बसेर आफूले राजनीतिक संस्कारको उदाहरण देखाउन खोजेको ढकालले बताउनुभएको छ।

तस्बिरः सामाजिक सञ्जाल

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६