कपिलवस्तु, १८ कार्तिक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा कपिलवस्तु क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार धुव्र रायमाझीले अरु पार्टीका नेताहरुको जस्तो हावादारी गफ गरेर जनतालई झुक्याउने बानी राप्रपाका नेता कार्यक्रतामा नभएको बताउनु भएको छ । आज शुद्धोधन गाउँपालिका १ अन्तरगतका विभिन्न गाउँमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा उहँले निर्वाचनको समयमा हुनै नसक्ने र पत्याउनै नसक्ने गफ गरेर जनतालाई झुक्याइरहेको भन्दै राप्रपाका नेताहरुले त्यस्तो नगर्ने दाबी गर्नुभएको हो ।
हरेकपटकका निर्वाचनमा असम्भव योजनाहरु प्रस्तुत गर्ने पार्टी र नेताहरुलाई जिताएरै कपिलवस्तु र सिङ्गो देशको स्थितीनै कमजोर बनेको बताउनु भएको थियो । जिल्लामा स्वास्थ्य, शिक्षा, बाढी, डुबान, भुमि सम्बन्धी समस्या लगायत अनेकौ समस्या हुँदा हुँदै पनि पटक पटक निर्वाचन जितेका जनप्रतिनिधिहरुका आँखाले जनताका समस्या नदेखेकोले अहिले आफु चुनावी मैदानमा उत्रेको उहाँले बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा उक्त क्षेत्र अन्तरगत प्रदेशसभा ख का उम्मेद्वार अदुल्ला मुस्लमानले आफ्ना क्षेत्रका नागरिकको आवश्यक्ता राम्रो सगँ बुझेको बताउँदै अहिलेको निर्वाचनमा आफु सङ्गै सिङ्गो राप्रपाका उम्मेद्वारहरुलई जिताउन आग्रह गर्नुभएको थियो ।








प्रतिक्रिया