प्रदेश

बहुक्षेत्रमा मतदाता शिक्षा तथा अभिमुखिकरण



कपिलबस्तु, १८ कार्तिक ।प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निवार्चन २०७९का लागि कपिलवस्तुको वाणगंगा नगरपालिकाकाले विहीबार मतदाता शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाका ११ वटै वडाका वडा सचिव , नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक विद्यालयहरुका प्रध्यानध्यापक र महिला स्वास्थ्य स्वंयम सेविकालाई अभिमुखिकरण गरिएको हो । निर्वाचनमा बदर मत कम गराउन र सदरमत बृद्धि गर्ने उदेश्यका साथ अभिमुखिकरण गरिएको हो । कार्यक्रममा नगरप्रमखु चक्रपाणी अर्यालले मतदाता शिक्षाको लागि कर्मचारीहरुलाई निष्पक्ष रुपमा समुदायमा गएर मतदान गर्न सिकाउन निर्देशन दिनुभयो । यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय खिमानन्द भुषालले निर्वाचनमा एक मतको पनि महत्व हुने भएकोले सुरक्षित मत खसाउन तथा मत बदर हुन नदिन मतदाता शिक्षा अनिवार्य रहेको बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी थारु प्रत्येक घरधुरीमा मतदाता शिक्षा कार्यक्रम पुग्नुपर्नेमा जोड दिनुभयो । शुक्रबार देखि देशैभर मतदाता शिक्षा कार्यक्रम संचालन हुने कार्यतालिका अनुसार बाणगंगा नगरपालिकाको पनि सबै वडामा मतदाता शिक्षा कार्यक्रम संचालन हुने पालिकास्तरिय मतदाता शिक्षा अनुगमन समिती संयोजक खिम बहादुर जिसीले बताउनुभयो । कार्यक्रममा निर्वाचन आचारसँहिता ,मतदान गर्ने तरीका लगायतका बारेमा जानकारी गराईएको थियो । यसैविच नगरपालिका भित्र रहेका निजि तथा सामुदायिक विद्यालयका प्रध्यानध्यापकहरुलाई मंसिर ४ गते हुने निर्वाचनलाई आ आफ्नो विद्यालयमा सहज वातावरणमा सम्पन्न गराउनका लागि बैठक सम्पन्न भएको हो ।

यस्तै सोही अवसरमा लागू पदार्थ सेवन गरी सवारी चलाउने चालकको सङ्ख्या बढेको जनगुनासो आएसँगै दुर्घटना समेत बढ्दा त्यसको नियन्त्रणका लागि बाणगंगा नगरपालिकाले मापसे चेक जाँच गर्ने किट ट्रफिक प्रहरीलाई वितरण गरेको छ । यसैगरी भदौ ९ गते वाल दिवसको अवसरमा आधारभूत तह स्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६