अर्थ-वाणिज्य

कपिलवस्तु नगरले २२ गतेलाई किन दियो सार्वजनिक बिदा ?




कपिलवस्तु १७ कार्तिक । कपिलवस्तु नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने रामघाट मेलाकालागि कार्तिक २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिमा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको मेयर सुदीप पौडेलले जानकारी दिए । जिल्ला कै पुरानो र ठुलो रामघाट मेला यस क्षेत्रको पर्व कैरुपा रहेकोले बिदा गरिएको बताए ।रामघाट मेला भर्न भारत तथा छिमेकी जिल्लाका भक्तजनहरु आउने गर्दछन । रामघाट मेलाका दिन आईतावार राति भक्तजनहरुले रामजानकी मन्दिर र रामघाट क्षेत्रमा भजन किर्तन गरी बस्ने गर्छन ।

कार्तिक पुर्णिमाका दिन नदीमा स्नान गरी मन्दिरमा पु्जा पठा गर्ने गर्छन । यो दिन मुन्डन गर्ने र गाईको पुजा समेत गर्ने गरिन्छ । रामघाटमा कार्तिक पुर्णिमाका दिन बर्षौ देखि परंपरागत मेला लाग्दै आएको छ । मेलाकालागि रामघाटमा आवश्यक तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेले बताए । कार्तिक पुर्णिमाका दिन बाणगंगा नदीको लक्ष्मणघाट, बर्गदीघाट लगायतका स्थानमा समेत मेला लाग्ने गर्दछ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६