कपिलवस्तु कार्तिक १७ गते
कपिलवस्तुको बुद्धभूमिका जनताले बृजेश कुमार गुप्तालाई जिताए पछि विकासको कामले गति लिएको बताएका छन् । गुप्ताले बुद्धभूमि नगरपालिका वडा नम्बर ३ रनगाई र वडा नम्बर २को बडहरा, बक्डरीया, छोट्कीडिही , गोरुसिंगे बजारको घर दैलो गर्दै विकासको थप योजनाको लागि मत दिएर सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
रनगाईको घर दैलोको क्रममा राजनितिको केन्द्र भएर पनि विकासको सवालमा दुर्गम मानिएको क्षेत्रमा मोटरबाटो कालोपत्रे गरेकोले आवत जावत गर्न सजिलो भएको स्थानीय नाथू थारुले बताउनु भयो । उहाँको पहलमा मसुरे मा पक्की पुल वडा समेटने गरी ३ स्थानमा खानेपानी आयोजनाको काम समेत संचालनमा रहेको बताए । गुप्ताले जिते पछि पहिलो पटक बुड्ढी दुविया, रनगाई, टाँकु बोक्टापुर सडक कालोपत्रे भएको छ । सो क्षेत्र उहाँको प्रतिद्धन्द्धी सुरेन्द्रराज आचार्यको गृह नगरी समेत हो । उहाँले सो सडकलाई मौवावारी सिद्धारा, ऐरावती हुँदै प्युठान सम्म जोड्ने बताउनु भयो ।
इलेक्ट्रीकल इन्जीनियर समेत रहनु भएका गुप्ता एमाले बाट कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनु भएको छ । उहाँले बुद्धभूमि २ गौतम बुद्ध मावी नमुना विद्यालय, सो विद्यालयमा करोड लागतको आइटी ल्याव, गौतम बुद्ध क्याम्पसको भवन निर्माणमा बजेट व्यवस्थापन बक्डरीया बुड्ढी सडक स्तरउन्नती, पशुपती मन्दीरदेखी पुरानो राजमार्ग सडक सडक स्तरउन्नती, गोरुसिङे देखी छोडकिडीही सम्म सडक कालोपत्रे , बक्डरीया सडक कालोपत्रे लगायतका काम गर्नु भएको पूर्व वडा सदस्य इश्वरी प्रसाद खनालले बताउनु भयो ।
१८ कार्तिक २०७९, शुक्रबार








प्रतिक्रिया