प्रदेश

गोरुसिंगेलाई प्यूठान जोड्नु मेरो प्राथमिकता हुनेछ :लामीछाने



कपिलवस्तु १७ कार्तिक ।नेकपा एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २ (क) प्रदेश सभा सदस्य पदका उम्मेदवार नवराज लामिछाने भुपालले गोरुसिगे देखी प्युठानको दरवाङ जोड्ने सडक निर्माण गरी गोरुसिङेलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न बताउनु भयो । बुद्धभुमि वडा नम्बर २को घरदैलो गर्दै उहाँले केही वर्ष पहिल्यै सो सडकको विषयमा अध्ययन समेत भएको हुँदा अव सो सडक निर्माणको लागि अगाडी वढ्ने प्रतिवद्धता गर्नु भएको छ ।
एमाले विकास गर्ने दल भएको हुँदा गरेको प्रतिवद्धता पुरा गर्ने एक मात्र दल रहेको दाबी गर्नु भयो । कपिलवस्तु जिल्लामा पछिल्लो ५ वर्षमा धेरै विकास भएको समेत बताउनु भयो । सामाजिक अभियन्ताको रुपमा काम गरेका भुपाल स्थानीय स्तर स्वच्छ छवी भएको नेताको रुपमा चिनिने गरेका छन् । स्वतन्त्र रुपले समाज सेवा रहेका भुपाल एमालेले गरेको विकास देखेर प्रवेश गरेको बताउनु भयो । उहाँ २ दशक देखी कपिलवस्तुमा रही व्यवसाय गर्दै आउनु भएको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६