काठमाण्डौ १८ कात्तिक – टी–२० विश्व कप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज सुपर १२ को समूह ‘१’ मा रहेका न्युजिल्यान्ड र आयरल्यान्ड तथा अस्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ ।
आज हुने पहिलो खेलमा बिहान पौने १० बजे न्युजिल्यान्ड र आयरल्यान्ड तथा दोस्रो खेलमा दिउँसो पौने २ बजे अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् ।
सुपर १२ को समूह ‘१’ मा न्युजिल्यान्ड ४ खेलमा ५ अङ्ककासाथ शीर्षस्थानमा छ । समान खेलमा ५ अङ्क नै भएको इङ्ल्यान्ड दोस्रो अस्ट्रेलिया तेस्रो स्थानमा छ । श्रीलङ्का ४ खेलमा ४ अङ्ककासाथ चौथो, आयरल्यान्ड ४ खेलमा ३ अङ्कका साथ पाँचौँ र अफगानिस्तान ४ खेलमा २ अङ्कसहित पुछारमा छ ।
हिजो भएको सुपर १२ समूह ‘२’ को एक मात्र खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ पद्धतिको आधारमा ३३ रनले हराएर सेमिफाइनल खेल्ने सम्भावना कायमै राखेको छ । पाकिस्तानले अन्तिम खेल आइतवार बङ्लादेशसँग खेल्नेछ ।
पाकिस्तानले सेमिफाइनल खेल्न बङ्लादेशलाई फराकिलो अन्तरले हराउनुपर्छ भने आइतवार नै भारत र दक्षिण अफ्रिकाले खेल्ने खेलको नतिजामा पनि भर पर्नेछ । भारतले आइतवार जिम्बाब्वेसँग र दक्षिण अफ्रिकाले नेदरल्यान्डसँग खेल्नेछन् ।
१८ कार्तिक २०७९, शुक्रबार
प्रतिक्रिया