हरि घिमिरे
कपिलवस्तु, १९ कार्तिक ।
विशेषत अर्घाखाँची जिल्लामा नाचिने प्रचलित ख्याली नाच संरक्षणमा जुट्न प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चक्रपाणि खनाल बलदेवले आग्रह गर्नु भएको छ । उहाँले शुक्रवार हरिबोधनी एकादशीको अवसर पारेर मौलिक देउसि भैलो नाच्न पुगेको एक समुह समक्षं यस्तो बताउनु भएको हो । उहाँले अर्घाखाँची जिल्लाको यो प्रचलित ख्याली नाचले आपसि भाईचाराको सम्बन्ध स्थापित गर्ने र सांस्कृतिक कलाको संरक्षण गर्ने बताउनु भएको छ । यस्ता कला संरक्षणमा नाचमा पुगेका युवा युवति लगाएत सबैलाई आग्रह गर्दै आफुुले पनि यसको संरक्षणमा चासो दिएको बताउनु भयो । उहाँ ख्याली नाच नाच्दौं भन्नुभयो “आफु सानो हुदाँ देखिनै नाँच्दौ आएको नाँच फेरि नाच्न पाउदाँ अत्यन्तै हर्षित छु ।” आजभोलि पश्चिमा संस्कृतिले मौलिक काल संस्कृति हस्तक्षेप गर्न खोजेको समयमा यसको बचाउका लागि युवाहरु जागरुक देख्दा आफु प्रफुलित भएको उहाँको भनाई छ । आगामि दिनमा कला संस्कृति जगेर्ना र पुर्ण रुपले संरक्षण गर्न आफुले युवाहरुलाई भरपुर साथदिने बताउनु भयो । कपिलवस्तु र अर्घाखाँचीको सम्बन्ध सिगो धागोको जस्तो भएकाले यस क्षेत्रमा अधिकाशं अर्घाखाँचीका बासिन्दाको बसाई रहेको छ । यसले पनि यो प्रचलित नाँच कपिलवस्तुमा अधिकांश देख्न सकिन्छ ।
१९ कार्तिक २०७९, शनिबार








प्रतिक्रिया