प्रदेश

विद्यार्थी जम्मा गरेर एमाले उम्मेदवार कोमल वलीको चुनावी भेला



दाङ, १९ कार्तिक ।
नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल वली र प्रदेश सभा ३ (२) का उम्मेदवार हुकुम बस्नेतले दाङको एक विद्यालयमै पुगेर विद्यार्थीसँग मत मागेका छन् ।

निर्वाचन आचारसंहिता विपरीत दाङको बबई गाउँपालिका १ गंगटेमा रहेको सरस्वती जनता माविमा वली र बस्नेतसहितका नेता, कार्यकर्ता पुगेर घरमा रहेका बुबाआमालाई एमालेको सूर्य चिह्नमा भोट हालिदिन भन्न विद्यार्थीसमक्ष अनुरोध गरेका छन् । केही दिनअघि विद्यालयमा पुगेर उनीहरूले गरेको भेलाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

उनीहरूले विद्यार्थीलाई विद्यालयको परिसरबाहिरको मैदानमा राखेर चुनावको पोस्टर, पम्प्लेट वितरण गर्दै चुनावी भाषणसमेत गरेका थिए । उनीहरूले एमालेको सूर्य चिह्नमा भोट हाल्न बाबाआमालाई भन्नु है भन्दै भाषण गरेका थिए ।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६