प्रदेश

छाडा कुकुरको संख्या कम गर्न अर्घाखाँचीमा स्थायी बन्ध्याकरण



अर्घाखाँची, १९ कार्तिक । सन्धिखर्क नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरहरुको स्थायी बन्ध्याकरण गर्न शुरु गरेको छ । सन्धिखर्क नगरपालिकाभित्रका मुख्य सडक तथा शाखा सडकहरुमा छाडा कुकुरहरुको आतंक बढेपछि स्थायी बन्ध्याकरण सुरु गरेको हो । बिहान विद्यालय तथा कलेजमा जाने विद्यार्थीहरुलाई कुकुरले टोक्ने तथा लखेट्ने गर्दा विद्यार्थीहरुमा पनि त्रास छाएको थियो । यस्तै रातिको समयमा पनि कुकुरहरुले हल्ला गर्ने गरेपछि नियन्त्रणका लागि स्थायी बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

यस्तै छाडा कुकुरहरुले पशु चौपायालाई पनि हमाला गर्ने गरेका थिए । यस शिविरमा नगर भित्र रहेका १ सय २० कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।

सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा, सिद्धार्थ नगर रुपन्देहीको आयोजनामा पशु चिकित्सकको टोलीले कुकुरहरुको स्थायी बन्ध्याकरण गरिरहेको छ । आज शनिबारदेखि शुरु भएको बन्ध्याकरण तथा रेबिज खोप लगाउने शिविर ३ दिनसम्म चल्नेछ ।

प्रकाशित : १९ कार्तिक २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६