कपिलवस्तु, २०कात्तिक।कपिलवस्तु क्षेत्र नं १का मतदाताले गठबन्धनले चुनाव जिते देश बेच्ने र जनता लुट्ने भन्दै एमालेलाई जिताउने वताएका छन् । कपिलवस्तु क्षेत्र नं १ का उम्मेदवार बलराम अधिकारी र प्रदेश सभा सदस्य उम्मेदवार विष्णु पन्थीको घरदैलो अभियानमा जनताले यस्तो वताएका हुन् ।नेकपा एमाले कपिलवस्तु क्षेत्र नंं १ ले मतदाता भेटघाट तथा जनताका समस्या र आवश्यकता औंल्याउने कामलाई तिब्रता दिएको छ । सोहि क्रममा आज बाणगंगा नगरपालिका वडा नं ८ र मायादेवी गाउँपालिका वडा नं २ का विभिन्न स्थानका मतदातासंग भेटघाट तथा अन्तरक्रिया गरिएको हो ।
बाणगंगा ८ बोडगाउमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्नुका साथै वडा नं २ र ८ का वैजलपुर, पिपरा, सिसेनीया, चप्परगाउँ, ढोडेकोल, बण्डौली, मोर्मी, लौगाई, बाणगंगा पुल्चोक लगायत विभिन्न स्थानका मतदातासंग अन्तरक्रिया तथा भेटघाट गरिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिटब्ुरो सदस्य बिमला घिमिरेको प्रमुख आतिथ्यता, प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार बलराम अधिकारी, प्रदेश सभा सदस्यका उम्मेद्वार बिष्णु पन्थी, प्रदेश सभा सदस्य पदका समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपाने, पार्टीका प्रदेश कमिटी सदस्य गुणानिधि भुसाल लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै प्रतिनिधि तथा सदस्यका उम्मेद्वार अधिकारी, क्षेत्र नं। १ ९ख० का प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले मायादेवी गाउँपालिका वडा नं। २ का अविराव, भर्बोलिया, भैसकुण्डा, मन्खोरिया लगायत विभिन्न स्थानमा मतदाता भेटघाट गरिएको हो ।








प्रतिक्रिया