कपिलवस्तु, २१ कार्तिक ।
कपिलवस्तु बाणगंगा ४ नम्बरका मतदाताले एमालेलाई भोट दिएर मत खेर नफाल्ने बताएका छन् । उनिहरुले बाम लोकतान्त्रीक गठबन्धन बाणगंगा वडा न. ४ को घरदैलोमा पुगेका नेताहरुलाई यस्तो बताएका हुन् । मतदाता भन्छन अहिले सम्म एमाले भन्नेलाई भोट दियौं केहि देखिएन स्थानिय तहमा पनि झुक्कीयौं अव यसको पालो सकिएको छ । कुनै हालतमा पनि भोट दिईदंैन उनिहरुले एक स्वरमा भने । एमालेले देश र समाजका हरेक अंगलाई अस्थितामा लौजाने भन्दा अरु गर्न सकेन अब यसको काम के, उनिहरुले प्रश्न गरे ।
उनिहरुले बाम लोकतान्त्रीक गठबन्धनका उम्मेद्वार चक्रपाणि खनाल बलदेव र दोलकराम घिमिरेलाई भोट दिने र टोल छिमेकिलाई पनि गठबन्धनमै भोट हाल्न लगाउने बताए । यता बाम लोकतान्त्रीक गठबन्धनले सोमवार बाणगंगा ४ का मतदाता भेटघाटलाई तिव्र पारेको छ । मतदाताका यस्ता उत्साहजनक अभिव्यक्तिले लोकतान्त्रीक गठबन्धनको जित हुने निश्चीत भएको बाम लोकतान्त्रीक गठबन्धन प्रचार प्रशार समितिले जनाएको छ ।









प्रतिक्रिया