प्रदेश

मेयर अर्याल र बलदेवबीच जम्काभेट, यस्तो छ रोचक कुराकानि




वाणगंगा, २१ कार्तिक । कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ४ मा आइतबार विहान वाम लोकतान्त्रिक गठबन्धनको चुनावी प्रचार कार्यक्रम थियो । क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार चक्रपाणी खनाल बलदेव, प्रदेश सभा सदस्य पदका उम्मेदवार डोलकराम घिमिरेसहितको टोलीले कुवेरापुरदेखि घरदैलो सुरु गरी तल्लो झुँगाको चोकमा कोणसभा गर्यो । त्यहाँ सम्बेधन गरी शुद्धोधन गाउँपालिकाको घरदैलो कार्यक्रमको लागि बलदेव त्यतातर्फ प्रस्थान गरे भने उम्मेदवार घिमिरेसहितको टोली कालाबञ्जारातिर लाग्यो ।


पकडी यात्रा तय गरेका बलदेव गजेहडा चोकमा पुगे । त्यसक्रममा वाणगंगा नगरपालिकाका मेयर चक्र अर्याल गजेहडा चोकमा केही सामान किन्दै थिए । गाडीबाट मेयर अर्याललाई देखेका बलदेवले खुसी हुँदै सिसाभित्रैबाट अर्याललाई बोलाए ।
सुरुमा मेयर अर्यालले देखेनन् र बोलाएको पनि सुनेनन् । त्यसपछि बलदेव गाडीबाट झरी बाटो पारी गएर मेयर अर्याललाई भेटी हात जोडे । निकै खुसी मुद्रामा प्रकट भएका दुवैले एकअर्काको हालखबर बुझे । निकै ब्यस्त स्याडुलमा हिँडेका बलदेवसंग धेरै समय पनि थिएन । उनी हतारमै थिए । तै पनि उनीहरुले छोटो रोचक चुनावी कुराकानी भयो ।


निर्वाचन आचारसंहिताले बाँधेकाले यसपटक मेयर अर्याल आन्तरिक रुपमा लागे पनि पार्टीको चुनावी प्रचारमा बाहिर खुलेर लागेका छैनन् । त्यसकारण पनि उनलाई भेट्न पाउनु बलदेवको लागि राम्रै संयोग थियो । बलदेवसंगै उनका सहयोग पनि थिए । सहयोगीले गठबन्धनको चुनावी घोषणा पत्र मेयर अर्याललाई दिए । बलदेवले पनि हुर्नुहोस् न भने । त्यसपछि मेयर अर्यालले पनि घोषणा पत्र लिए । त्यसपछि भने केही गम्भिर प्रकृतिको कुरा भयो । बलदेव मुसुमुसु हाँसीरहेका थिए ।
घोषण पत्र हेर्दै मेयर अर्यालले प्रश्नात्मक रुपमा हाँसिहाँसि भने घोषणा पत्रका कति धेरै कुराहरु ? कति लामो घोषणा पत्र ? कसले पढ्छ ? आजभोलिका मानिसले नपढी फालिदिन्छन् । मेयर अर्यालको कुरामा होमा हो गर्दै बलदेवले पनि भने आजभोलि पढ्ने संस्कृति विकास भएको छैन । तर पनि के गर्नु जनतालाई त बुझाउनै पर्यो नि । मेयर अर्यालले थपे यति धेरै म पनि कसरी पढूँ ? हाम्रो पार्टीको थोरै कुराहरु समावेश गर्न भनेको छु । यसपटक आचासंहिता पनि लागेको छ । एक प्रकारले ठिकै पनि भइरहेको छ उनले अगाडी भने ।


मेयर अर्यालले नराम्रो भनेका होइनन्, अहिलेको पुस्तामा पठन प्रवृत्ति हराउँदै गएको कुरालाई उनले इंगित गरेका हुन् । बलदेवले पनि अहिलेको पुस्तामा पढ्ने संस्कृति हराएको दोहोर्याए । यससंगै अझै चुनावी माहौल नउठेकोमा दुवै चिन्तित थिए । मंसिर महिना भएकाले अझै चुनावमा जनता खुलेर नलागेको हुन सक्ने स्थिति एउटा छ भने दुई तिहाइको सरकारले पनि मुलुकलाई केही नगरेको, नेताले पटकपटक जनतालाई ढाँटेको कारण पनि खुलेर यसपालीको चुनावमा नलागेको हुन सक्ने आसयको कुरा पनि दुई जनाबीच भएको थियो । दक्षिणमा कार्यक्रम तय भएकाले हतारमा रहेका पूर्वमन्त्री समेत रहेका बलदेवले मेयर अर्याललाई सघाउन भने । मेयर अर्यालले पनि हुन्छ हुन्छ भने अनि छोटो भेटको कुराकानी सकियो र दुवै जना छुट्टिए ।


भेटपछि उम्मेदवार बलदेवले हिजो चुनाव जित्दा मेयर अर्यालसंग संगै हिँडेकाले आज फरक खालको परिस्थितिमा यसरी भेट हुनु राम्रै भएको बताए । वाणगंगा नगरपालिकामा भनेजसरी काम नभएकोमा बलदेवले चिन्ता पनि ब्यक्त गरेका छन् । चुनाव आउन अब १४ दिन मात्र बाँकी रहेको अवस्थामा जनता उत्साहित हुन नसक्नुमा आफूहरुको पनि कमजोरी रहेको उम्मेदवार बलदेवले बताए । चुनाव जितेपछि जनताले अब गुनासो नगर्ने गरी काम गर्ने उनको भनाई छ । बलदेवले यसपटक पनि आफूले सजिलै चुनाव जित्ने दावी गरे ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६