ब्रेकिंग न्युज

मतदातालाई छक्काएर नेताको खुसी कायम राख्न गठबन्धन : उम्मेदवार गुप्ता



कपिलवस्तु, २१ कात्तिक ।नेकपा एमाले निर्वाचन परिचालन कमिटीक्षेत्र न ३ को बृहत भेला सम्पन्न भएको छ ।आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्ष्ति गर्दै क्ृष्ण नगर नगरपालिका ८ मा सम्पन्न भेलामा एमालेका केन्द्रिय नेता , उम्मेदवार लगायत २ हजार बढि कार्यकर्ताहरुको सहभागिता रहेको थियो । गठबन्धनको पार्टीमा सर्वसाधारण नागरीक अटाउन नसक्ने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले बताउनु भयो । उहाँले भन्नु भयो गठबन्धन नागरीक ठगेर नेत्रित्वमा पुग्नको लागि बनाएको संगठन मात्रै र्भकाले नागरीकले त्यसमा विश्वास नगर्ने बताउनु भयो ।गठबन्धनका उम्मेदवार विकासको सम्झौता र योजना लिएर हिडेका छैनन नेता नेत विच सत्तामा पुग्ने सम्झौता गरेर चुनावि मैदानमा उत्रिएको बताउनु भयो ।

मतदातालाई छक्काएर केन्द्रका नेताको खुसि काय राख्न गठबन्धन गरेको बताउनु भयो ।उहाँले यस क्षेत्रको विकासको उपलब्धिको लागि एमालेले जित्न आवश्यक रहेको बताउनु भयो ।सोहि बृहत भेलालाई सम्बोधन गर्दै कपिलवस्तु क्षे नं ३ (१) का उम्मेदवार अर्जुन कुमार के सी ले यस समग्र देशको विकार र परिर्वनको लागि एमाले सरकारको जित अपरिहार्य रहेको उल्लेख गर्नु भयो । एमालेको जित पछि शिक्षा, स्वास्थ्य , कृषि साथै नागरीकले महशुस गर्ने गरी विकासको छाप छाड्ने बताउनु भयो ।निर्वाचनलाई लक्षीत गर्दै आयोजना गरीएको भेलामा नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र न ३ का संयोजक सफर अलिमियाले सम्बोधन गर्दै संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरु लाई विजयी गराउन कार्यकर्ताहरु लाई आ–आफनो ठांउबाट सक्रिय भएर लाग्न आग्रह गरे ।

नेकपा एमालेले आफनै नेतृत्वमा बहुमतको सरकार बनाउन सबै चुनावि अभियानमा लाग्न आग्रह गर्नु भयो ।कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र न ३(२) का उम्मेदवार रजाउ खाँले २०७४ मा एमालेले नेत्रित्व गरेका स्थानिय तहमा विकासले फड्को मारेको बताउनु भयो । उहाँले भन्नु भयो अव नागरीकले विकाुको अपेक्षा गरेका छन यो पटकको निर्वाचनमा एमालेले प्रतिनिधि र प्रदेश सभा दुवै तहमा निर्वाचन जित्छ उहाँले भन्नु भयो। भेलालाई एमाले नेता शुशिल कुमार श्रीवास्तब ,नेत्रराज अधिकारी ,शिव प्रसाद जैसवाल , महादेव पोख्रेल लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रकाशित : २१ कार्तिक २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६